बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मोरङमा सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जना सार्वजनिक

मोरङको धनपालथान–४ कर्सिया बजारिस्थित सिटिजन्स बैंक शाखामा लुटपाट संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन ग री सार्वजनिक गरेको छ।
 |  बुधबार, असोज २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

विराटनगर– मोरङको धनपालथान–४ कर्सिया बजारिस्थित सिटिजन्स बैंक शाखामा लुटपाट संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन ग री सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया,  भारत अररिया सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ का ३० वर्षीय विजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। 

triton college

डीएसपी श्रेष्ठका अनुसार बैंक लुटेर को २५ प ३८९९ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा तीनै जनालाई धनपालथान २ खयरवनाबाट हतियारसहित नियन्त्रणमा लिइएको थियो। 

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न अन्य ६ जना रहेको देखिएकाले अन्य तीन जनाको खोजी भइरहेको श्रेष्ठले बताए। उनका अनुसार पक्राउ परेकाहरुको साथबाट को २५ प ३८९९ नम्बर मोटरसाइकल, लुटपाटमा संलग्न सुनिल यादवले प्रयोग गरेको १ राउन्ड लोडेड गोलीसहित १ थान कटुवा पेस्तोल, घटनास्थलमा पेस्तोलको नपड्किएको राउन्ड १ थान, खोका १ थान, घाइते सुरक्षा गार्ड शीतल कुमालको शरीरबाट निकालिएको गोली १ थान बरामत गरिएको छ।

गत सोमबार पौने ४ बजेतिर ७ जनाको अपरिचित समूह बैंकभित्र पस्ने क्रममा बैंकका गार्ड मोरङ रंगेली २ का ४० वर्षीय कुमाललाई २ जना व्यक्तिले सुरइाा गार्डसँग भएको खुकुरी खोसी गोली प्रहार गरेका थिए। दाहिने पातामा गोली लागेर घाइते भएका कुमालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। बैंकले २१ लाख भन्दा बढी रकम लुटिएको जनाएको छ। 

प्रकाशित: Oct 13, 2021| 17:03 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।