बिहीबार, भदौ ४, २०८३

खसीबोका बिक्री नहुँदा व्यापारी निराश

काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन्। कोरोना महामारील गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दसैं मनाउन गएकोले काठमाडौंमा खसिबोका व्यापार कम भएको बताएका छन्।

खसीबोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसिबोका लिएर आउने व्यापारीहरुले परलमोल नै  उठाउन नसकेको गुनासो गरेका छन्। काभ्रेबाट खसी बोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए। गत वर्ष तीन सय खसी बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उहाँले यस वर्ष अझै सय वटा बोका बेच्‍न बाँकी रहेको बताए। 

व्यापारी लामाले भने, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि? महंगोले पनि होला, मैले साढे तीनसय ल्याएको थिएँ, अझै एक सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली सय वटा बाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहको छु।’

कोरोनाले असर गरेको छ, व्यापारीलाई त छँदै छ, ग्राहकसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसी किन्‍नु?’

त्यस्तै धादिङबाट खसिबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आउनुभएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए। उनले यस पटक खसी किनेको परलमोल नै उठाउ हम्मेहम्मे परेको गुनासो गरे। उनले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति (पैसाको कमी भएको) नभएको बताए। किन्‍न आएका ग्राहकहरुले मुल्य थोरै दिने गरेको बताए।

व्यापारी चौलागाइँले भने, ‘पहिला महंगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यपारीहरु सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यपारीहरुमा नै प्रतिष्पर्धा भयो, पोहोर आजका दिनसम्म खसी किन्‍नेहरुले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्। हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ। ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरुलाई त छँदै छ, ग्राहकहरुसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसि किन्‍नु।’

उनले कोरोना महामारीले गर्दा खसिबोका बिक्री वितरण हुन नसकेको बताए। बाहिरबाट खसिबोका र च्यांग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन्। 

प्रकाशित: Oct 13, 2021| 15:20 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।