बुधबार, चैत ११, २०८२

'नकआउट' चरणमा कसको खेल कहिले ? प्रतिस्पर्धी को ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा शनिबारबाट नकआउट चरणको खेल सुरु हुँदैछ । 

समुह चरणको खेल बिहीबार रातीबाट सकिएसंगै नकआउट चरणको समिकरण पुरा भएको हो । ३२ देश सम्मिलित विश्वकपको समूह चरणमा ४८ खेलहरु भए । समुह चरणको खेलबाट १६ टोली  नकआउट चरणमा पुग्दा १६ देश घर फर्किएका छन् । 

नकआउट समीकरण पूरा भएसँगै उपाधि दावेदार टोलीहरुबीचको वास्तविक भिडन्त सुरु हुँदैछ । अबका हरेक खेलहरु हरेक टोलीका लागि जित्नैपर्ने हुन्छ । 

समुह चरणका खेलहरुमा देखिएका केहि त्यस्ता नाटकीय मोडहरुले फुटबलका महारथीहरुलाई समेत नकआउट चरण नपुग्दै घर फर्काइदिएको छ ।

यसपालीको विश्वकपमा साविक विजेता जर्मनी समुह चरणबाटै घर फर्किन बाध्य भयो भने अफ्रिका महादेशबाट कुनै पनि देश नकआउट चरणमा पुग्न सकेनन् । एसियाबाट जापानले मात्रै समुह चरण पार गरेको छ । 

नकआउट चरणमा कसको खेल कहिले ? प्रतिस्पर्धी को ? 

शनिबार (असार १६)

फ्रान्स विरूद्ध अर्जेन्टिना (बेलुका पौने ८ बजे)

उरुग्वे विरूद्ध पोर्चुगल (राति पौने १२ बजे)

आइतबार (असार १७)

स्पेन विरूद्ध रुस (बेलुका पौने ८ बजे)

क्रोएसिया विरूद्ध डेनमार्क (राति पौने १२ बजे)

सोमबार (असार १८)

ब्राजिल विरूद्ध मेक्सिको (बेलुका पौने ८ बजे)

बेल्जियम विरूद्ध जापान (राति पौने १२ बजे)

मंगलबार (असार १९)

स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)

कोलम्बिया विरूद्ध इंग्ल्याण्ड (राति पौने १२ बजे)

समुह चरणबाट बाहिरिएका देशहरु  

साउदी अरेबिया र इजिप्ट- समूह ए

माेरक्काे  र इरान - समूह बी

पेरु र अस्ट्रेलिया- समूह सी

नाइजेरिया र अाइसल्याण्ड- समूह डी

सर्बिया र क्रोएसिया- समूह ई

दक्षिण कोरिया र जर्मनी- समूह एफ

ट्युनिसिया र पानामा- समूह जी

सेनेगल र पोल्याण्ड- समूह एच
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।