पर्सा- विजया दशमीको अवसरमा पर्साका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ। अष्टमी पूजाको अवसरमा बिहानैदेखि वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा विशेष पूजाआजा सम्पन्न भएको छ।कोरोना महामारीले गर्दा गत वर्ष दशैं मनाउन नपाएकाहरुले यस वर्ष उल्लासका साथ पर्व मनाइरहेका छन्।
दशैंको अवसरमा वीरगञ्जका वीरगञ्जको गहवामाई, विर्तामाई, विन्दवासिनी, र मनसा माईमा दर्शनार्थीहरुको घुईंचो लागेको छ भने सहरबजारमा पनि उल्लेख्य भीड छ।
भारतसँग स्थल सम्पर्क हुने ठूलो नाका वीरगञ्जका शक्तिपीठमा बारा, रौतहट, सर्लाहीका मात्र होइन भारतको रक्सौल, कोइरिया, सिसहनिया, बेनौली, सुगौली, पटनाबाट पनि भक्तजनहरु आएका छन्।