शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा महँगीको पराकाष्ठा, कम खान नागरिकलाई मन्त्रीको आग्रह

पाकिस्तानमा महँगीको पराकाष्ठा, कम खान नागरिकलाई मन्त्रीको आग्रह

पाकिस्तानमा महँगी बढेपछि पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बाल्टिस्तान मामिलाका संघीय मन्त्री अली अमीन गण्डापुरले कम खान नागरिकसँग आग्रह गरेका छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

इस्लामावाद- पाकिस्तानमा महँगी बढेपछि पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बाल्टिस्तान मामिलाका संघीय मन्त्री अली अमीन गण्डापुरले कम खान नागरिकसँग आग्रह गरेका छन्। उनले नागरिकलाई चियामा चिनी कम राख्न र रोटी कम खान आग्रह गरेका हुन्।

पाकिस्तान प्रशासित काश्मीरको एक सभालाई सम्बोधन गर्दै उनले भने, यदि चियामा चिनीका सय दाना राखेर खाने गरिन्छ भने नौ दाना कम गर्दैमा चिया नमिठो हुँदैन।

उनले आफ्नो मुलुकका लागि र मुलुकको आत्मनिर्भरताका लागि नागरिकले यस्तो गर्नुपर्नेसमेत बताएका छन्। उनले प्रश्न गरे, के हामी हाम्रो देशका लागि, देशको आत्मनिर्भरताका लागि यति पनि त्याग गर्न सक्दैनौंरु यदि राटीको सय गास खाइन्छ भने त्यसमा नौ गास कम खान सकिँदैन?

पाकिस्तानमा सेप्टेम्बरमा महँगी बढेर ९ प्रतिशत बताइएको छ। अगस्तमा मूल्यवृद्धि ८.४ प्रतिशत रहेको थियो।

संघीयमन्त्री गण्डापुरले पुर्खाले मुलुकलाई स्वतन्त्र बनाउनका लागि ठूलो बलिदानी गरेको स्मरण गराउँदै अहिले नागरिकले पनि त्याग गर्नुपर्ने समय आएको बताएका छन्। उनले शासकले ऋण लिने गरेको तर भुक्तान नगरेका कारण मुलुक ऋणमा डुबिरहेको समेत बताएका छन्।

प्रकाशित: Oct 13, 2021| 11:00 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।