मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा वातावरणविद्हरुको चेतावनी- अनुकूलन बनाउने कि मृत्यु रोज्ने?

बेलायतमा वातावरणविद्हरुको चेतावनी- अनुकूलन बनाउने कि मृत्यु रोज्ने?

बेलायतमा बाढीका कारण सयौं मानिसहरुको मृत्यु हुनसक्ने वातावरणसम्बन्धी काम गर्ने एजेन्सीहरुले चेतावनी दिएका छन्।
 |  बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

National life
Laxmi sunrise bank
kumari

लन्डन- बेलायतमा बाढीका कारण सयौं मानिसहरुको मृत्यु हुनसक्ने वातावरणसम्बन्धी काम गर्ने एजेन्सीहरुले चेतावनी दिएका छन्। मुलुक जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणका लागि तयार नभएको उल्लेख गर्दै सयौं मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको हो।

यस वर्षको सुरुमा जर्मनीमा बाढीमा परी दर्जनौं मानिसहरुको मृत्यु भएको थियो। बेलायतको मौसममा पनि निकै फेरबदल भएको उल्लेख गर्दै त्यो दुर्गती ढिलो वा चाँडो पनि भोग्नुपर्ने अवस्था आउने बताइएको छ।

वातावरणविद् इमा होवार्ड बोयडलेले भनिन्, यदि जलवायुलाई अनुकूल बनाउनु पर्यो कि त मृत्युका लागि तयार हुनुपर्यो।

बढ्दै गइरहेको जलवायु परिवर्तनको असरका रुपमा देखिएको ग्लोबल वार्मिङले समुद्र अधिक बढ्नसक्ने, अधिक वर्षा हुनसक्ने अथवा खडेरी हुनसक्ने स्थिति सिर्जना हुने उनले बताएकी छन्। जसका कारण मानवजीवन नै अस्तव्यस्त हुनसक्ने उनको भनाइ छ।

कोप २६ भन्दा अघि बेलायती वातावरण एजेन्सीले सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तन हुन नदिन मुलुकको तयारीका विषयमा मूल्यांकन गरिएको छ। बेलायती वातावरण विभाग डेफ्राले यो ग्लोबल वार्मिङको प्रभावबाट बेलायतको रक्षाको लागी महत्वपूर्ण उपायहरु अपनाइरहेको प्रतिक्रिया दिएको छ।

बेलायतमा हालको ग्लोबल वार्मिङको बढ्दो अवस्था हेर्दा यस शताब्दिको अन्त्यसम्म बेलायतमा तापक्रम तीन डिग्री सेल्सियसले बढ्ने छ। तर, वातावरणसम्बन्धी काम गर्ने एजेन्सीहरुले भने दुई डिग्री सेल्सियसभन्दा बढी भएको अवस्थामा त्यसले गम्भीर परिणामहरु ल्याउने चेतावनी दिएका छन्।

त्यसैगरी सन् २०५० सम्म हिउँदको वर्षाको अवस्था ६ प्रतिशतल वृद्धि हुने सन् २०८० सम्म ८ प्रतिशतले वृद्धि हुने आँकलन गरिएको छ। गर्मी मौसमका वर्षा सन् २०५० सम्म १५ प्रतिशतले वृद्धि हुने बताइएको छ।

लन्डनको समुद्री सतह २०५० सम्म २३ सेन्टीमिटर र २०८० को दशक सम्म ४५ सेन्टिमिटर बढ्ने छ भने २०५० को दशक सम्म नदीको बहाव वर्षातको मौसममा २७ प्रतिशतभन्दा माथि हुन सक्छ जबकि गर्मीमा ८२ प्रतशितसम्म कम हुन सक्ने आँकलन गरिएको छ।

जलवायु परिवर्तनलाई रोक्न नसके गम्भीर परिणामहरु निम्तिने भएकोले अहिले नै प्रभावकारी कदम चाल्नुपर्ने सुझाएका छन्।

प्रकाशित: Oct 13, 2021| 09:45 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।