काठमाडौं- समुह जी बाट बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।
बिहीबार रातीको खेल जितेको बेल्जियम समुह जी को विजेका रुपमा अन्तिम १६ मा पुग्दा पराजित भएको इंग्ल्याण्ड उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।
समुह चरण अन्तर्गत बिहीबार राती भएको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्यो । दुवै टोलीले पहिलो हाफको खेल गोलरहित बराबरी खेलेका थिए ।
दोश्रो हाफको खेलमा इंग्ल्याण्डको तुलनामा केहि बढी आक्रामक खेल खेलेको बेल्जियम खेलको ५१ औं मिनेटमा अग्रता बनाउन सफल भयो ।
बेल्जियमका एडनान जानुजाजले खेलको ५१ औं मिनेटमा गोल गरे । उनको गोल नै वेल्जियमको जितका लागि निर्णयक बन्यो । उनी खेलको म्यान अफ द म्याच पनि घोषणा भए ।
समुह विजेता बनेसंगै बेल्जियमले नकआउट चरणमा जापान प्रतिद्वन्द्वी पाएको छ भने उपविजेता बनेको इंग्ल्याण्ड कोलम्बियासँग खेल्नेछ ।
समूह जी कै अर्को खेलमा ट्युनिसिया विजयी भएको छ । पनामालाई २–१ गोल अन्तरले पराजित गर्दै ट्युनिसियाले सान्त्वना जित हात पारेको हो । खेलको ३३ औँ मिनेटमा ट्युनिसियाका एसिनी मेरिहले आत्मघाती गोल गरेर पानामाको अग्रता बनाएका थिए ।
त्यसपछि भने पानामाले उक्त अग्रता रोक्न सकेन । ट्युनिसियाका लागि फकरेदिने बेन युसुफले ५१ औँ र वाहिव खजारीले ६६ औँ मिनेटमा गोल गरेका थिए । यी दुबै देश विश्वकपको समुह चरणबाटै बाहिरी सकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४