बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मोरङमा चाडपर्व लक्षित १६ सय प्रहरी परिचालन

मोरङमा चाडपर्व लक्षित गरेर १ हजार ६ सय बढी प्रहरी परिचालन गरिएको छ ।
 |  बुधबार, असोज २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८

triton college
Metro Mart
vianet

विराटनगर– मोरङमा चाडपर्व लक्षित गरेर १ हजार ६ सय बढी प्रहरी परिचालन गरिएको छ ।

धार्मिक तीर्थस्थल, भीडभाड बढी हुने स्थान, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक स्थल, अपराधिक घटना धेरै हुनसक्ने सम्भावित स्थानको सुरक्षा व्यवस्था कडा पारेर लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार चाडपर्वलाई लक्षित गर्दै नेपाल र सशस्त्र प्रहरी गरेर एक हजार छ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 
दशैंमा विभिन्न मठमन्दिर, शक्तिपीठ र धार्मिक तीर्थस्थलहरुमा अत्याधिक भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासन सक्रिय बनेको दाहालले बताए । कोरोना महामारीको जोखिम कायम रहेको उल्लेख गर्दै प्रशासनले बिना भीडभाड र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर चाडपर्व मनाउन सबैमा आग्रह गरेको हो ।  
 
चाडपर्वको मौका छोपेर व्यापारीले सामानको मूल्यवृद्धि गर्ने र कालोबजारीलाई प्रश्रय दिनसक्ने अवस्थालाई मध्यनजर गर्दै कारबाही अघि बढाइएको प्रजिअ दाहालले बताए । सामान खरिद गर्दा ठगिएमा वा बजार मूल्यभन्दा बढी पैसा तिर्नु परेमा तत्काल प्रशासनलाई जानकारी गराउन उनले उपभोक्तालाई आग्रह गरेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश १ को राजधानी विराटनगरसहित सबै स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘अपराधिक घटना हुनसक्ने सम्भावित स्थानलाई लक्षित गरेर प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘शङ्कास्पद व्यक्तिहरु माथि सोधपुछ र सवारी साधनको चेकजाँचलाई बढाइएको छ ।’
 
अपराधिक घटना हुन नदिन सबै स्थानमा प्रहरी उपस्थिति बढाइएको बताउँदै एसपी जिसीले चाडपर्व लक्षित सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । सम्भावित अपराध नियन्त्रणका लागि सादा पोशाकसहित प्रहरीको विशेष टोली परिचालन गरिएको उनले बताए ।
 
जिसीका अनुसार सुरक्षा व्यवस्था कडा बनाउँदै नियमित ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने काम भइरहेको छ । प्रहरीले नियमित गस्ती र पेट्रोलिङ गरिरहेको उनले बताए ।

सुनसरीमा १ हजार २७ जना प्रहरी परिचालन

सुनसरीमा चाडपर्वलाई लक्षित गरेर १ हजार २७ जना प्रहरी परिचालन गरिएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार सादा पोसाक, पिकेट टोली, पैदल गस्ती, सप्राइज चेकिङ, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, धार्मिक क्षेत्रको सुरक्षा र व्यवस्थापन, यातायात सुरक्षा र व्यवस्था र विभिन्न सरकारी कार्यालयको सुरक्षा गरी जिल्लाभर १ हजार २७ जना प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वको बेलामा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि असोज १ गते देखिनै सो संख्यामा प्रहरी परिचालन गरिएको एसपी थापाले बताए ।

प्रकाशित: Oct 13, 2021| 07:50 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।