बुधबार, चैत ११, २०८२

बेल्जियम र इङ्ल्यान्डबीच अब्बलताको अग्‍निपरीक्षा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ६ पटक आमनेसामने हुँदा इङ्ल्यान्डसँग हार व्यहोरेको बेल्जियम, आज बद्ला लिने दाउमा छ । जारी विश्वकपमा उपाधिको दाबेदार मानिएका इङ्ल्यान्ड र बेल्जियमले यसपटक विश्वकपको एउटै समूहमा रहेर दमदार शुरुवात गरिरहेका छन् । 

दुवै टोलीले विपक्षी टिमविरुद्ध समान ८ गोल गरे भने दुई गोल खाँदै दमदार शुरुवात गरेका हुन । दुवै टोलीले समान ८ गोल गर्दा बेल्जियमका रोमेलु लुकाकु र इङ्ल्यान्डका ह्यारी केनको उच्च प्रदर्शन रहेको छ । यही समान विशेषता भएको बेल्जियम र इङ्ल्यान्डबीच अब्बलताको अग्निपरीक्षा आज राति कलिनइनग्राड एरिनामा ११:४५ बजपेछि हुदैछ।

समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डले ट्युनिसियामाथि २-१ को जित दर्ता गर्दा विश्वकपमा नवप्रवेशी पानामा माथि ६-१ को फराकिलो जित निकालेको थियो । जुन जारी विश्वकपमा अहिले सम्मकै उच्च अन्तर जित हो । यसै खेलमा कप्तान ह्यारी केनले कीर्तिमानी ह्याट्रिक पूरा गरे। यही समूहमा रहेको बेल्जियमले पहिलो खेलमा पानामामाथि ३-० र ट्युनिसियामाथि ५-२ को सहज जित निकाल्दै समूहमा आफु पनि बलियो रहेको दावेदारिता प्रस्तुत गर्‍यो। 

अन्तिम १६ मा प्रवेश गरिसकेका यी दुइ टिमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। तर, यी दुई टिमबीचको आजको खेलले समूह विजेता निर्धारण गर्नेछ । दुवै टोलीमा सबै पक्ष बलियो देखिएको छ। तर, डेल अलीको चोट इङ्ल्यान्डलाई घातक बन्न सक्नेछ। उच्च लयमा रहेको केन र लुकाकुमध्ये आजको खेलमा कसले गोल गर्ने हो त्यो भने हेर्न बाँकी छ।

यी दुई टिम अहिलेसम्म ६ पटक आमनेसामने हुदा इङ्ल्यान्ड नै हावी देखिएको छ। ४ खेल बराबरीमा सकिदा दुई खेलमा इङ्ल्यान्ड विजयी भएको छ । इङ्ल्यान्ड यही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने, बेल्जियम इङ्ल्यान्डसँगको हारको श्रृङ्खलालाई तोड्ने योजनामा हुनेछ। १९५४ को विश्वकपमा यि दुई टिमले अतिरिक्त समयमा ४-४ गोलको बराबरी खेलेको थियो । १९८० को युरोकपमा १-१ गोलको बराबरी खेलेका थिए। १९९० को विश्वकप र १९९८ को मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो । त्यसयताका दुवै भेटमा इङ्ल्यान्डले बाजी मारेको थियो। पछिल्लोपटक यि दुई टिमले २०१२ मा मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड १-० ले विजयी भएको थियो ।

यही समूहमा पानामा र ट्युनिसियाले प्रतिष्ठाको लागि अन्तिम खेल खेल्दैछ । नवप्रवेशी पानामा रसिया विश्वकपलाई यादगार बनाउन ट्युनिसियालाई पराजित गर्दै घर फर्कने योजनामा हुनेछ । यता, टयुनिसियापनि अन्तिम खेलमा जित हात पार्ने लक्ष्यमा रहनेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।