बिहीबार, भदौ ४, २०८३

सवारी दुर्घटनामा दुई दिनमै ४४ जनाले ज्यान गुमाए

मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा नेपालगन्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार नाम, थर, वतन नखुलेका ३२ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं– मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा नेपालगन्जबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार नाम, थर, वतन नखुलेका ३२ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उपचारको लागि लैजाने क्रममा तथा ३ जनाको नर्सिङ होम नेपालगंज र १ जनाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १० जनाको नर्सिङहोम नेपालगंजमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । त्यसैगरी सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका(१० हुदुस्थित नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा जिप चालक अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौं महानगरपालिका ३ गोंगबु घर भई पोखरा घुम्न आएकाहरु १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री रहेका छन् ।

उता, बाँकेको राप्ती सोनारी गाउँपालिका ८ परुवा खोला पुल नजिकै ना ७ ख ७४४८ नम्बरको बसको ठक्करबाट पैदलयात्री शम्शेरगंज बस्ने ३६ वर्षीया गीता चौधरी र बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्काको सोमबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका(७ स्थित सडकमा को।३९ प ९५६३ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले सोमबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार देवानगन्ज गाउँपालिका(६ बस्ने ३० वर्षीय राम नारायण मेहताको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। 

उता झापाको  भद्रपुर नगरपालिका ४ डांगीबारीस्थित सडकमा को ४ प ३३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय जन्तलाल राजबंशीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। 


प्रकाशित: Oct 12, 2021| 18:45 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।