सोमबार, असार २९, २०८३

समुह ‘एच’ बाट जापान र कोलम्बिया नकाउट चरणमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटबलको समुह ‘एच’ को उपविजेता बन्दै जापान नकाउट चरणमा प्रवेश गरेको छ। अन्तिम खेलमा पोल्याण्डसँग १–० गोल अन्तरले पराजित भए पनि गोलको आधारमा नकाउट चरणमा प्रवेश गरेको हो। 

समुहका तीन खेल खेलेको जापानले एक खेलमा जित, एक खेल बराबरी र एक खेलमा हार व्यहोर्दै समुहको उपविजेता बनेको हो।

त्यस्तै समुह ‘एच’ को विजेता बन्दै कोलम्बिया नकाउट चरणमा प्रवेश गरेको छ। समुहको अन्तिम खेलमा सेनेगललाई १-० गोलले पराजित गर्दै कोलम्बिया विश्वकप २०१८ को नकाउट चरणमा प्रवेश गरेको हो। 

कोलम्बियाकालागी एक मात्र निर्णायक गोल एरी मिनाले गरे। मिनाले खेलको ७४ औं मिनेटमा कोलम्बियालाई अग्रता दिलाएइका थिए। यस जितसँगै कोलम्बियाको तीन खेलमा ६ अंक बटुल्दै समुहको विजेता बनेको हो।

समुह चरणको पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा जापानले सेनेगलसँग २-२ को बराबरी खेल्दै ४ अंक बटुलेको थियो।

यता, तीन खेल खेलेको कोलम्बियाले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ। कोलम्बिया जापानसँग २-१ गोलले पराजित भएपनि पोल्यान्डलाई भने ३-० गोलले पराजित गरेको थियो।

अब, जापानले नकाउट चरणमा समुह ‘जि’ को विजेतासँग खेल्ने छ भने कोलम्बियाले समुह ‘जि’ कै उपविजेतासँग खेल्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।