बिहीबार, भदौ ४, २०८३

प्रहरी जवान पदको परीक्षामा नक्कली विद्यार्थी

प्रहरीले जवान पदको लागि लिइएको परीक्षमा नक्कली परीक्षार्थी फेला परेका छन्। प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरले लिइरहेको परीक्षामा नक्कली विद्यार्थी फेला परेका हुन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

विराटनगर- प्रहरीले जवान पदको लागि लिइएको परीक्षमा नक्कली परीक्षार्थी फेला परेका छन्। प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरले लिइरहेको परीक्षामा नक्कली विद्यार्थी फेला परेका हुन्। 

६ जना नक्कली विद्यार्थीलाई अन्तरवार्ताका क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका-३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई रहेका छन्। उनीहरूमाथि थप कारवाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाइएको छ।

प्रकाशित: Aug 05, 2021| 07:48 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।