बुधबार, चैत ११, २०८२

सेनेगलविरुद्ध कोलम्बियाले दोस्रो हाफमा अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-  विश्वकप फुटबलको समूह ‘एच’ मा जारी खेलमा सेनेगलविरुद्ध कोलम्बियाले दोस्रो हाफमा १–० गोलको अग्रता बनाएको छ । खेलको ७४ औं मिनेटमा एरी मिनाले गोल गर्दै कोलम्बियालार्इ दोस्रो हाफमा अग्रता दिलाएका हुन्।

सेनेगल र कोलम्बियाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए। रसियाको समरा एरिनामा भएको खेलमा दुबै टिमले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए । कोलम्बियाले यही अग्रता कायम राखेमा शिर्ष १६ मा पर्ने सम्भावना कायमै रहनेछ।
 
सेनेगललार्ई पराजित गरेको खण्डमा र उता पोल्याण्डले जापानलाई पराजित गरेको खण्डमा कोलम्बियाले समूह एचको विजेता बन्नेछ। 

यसअघि २ खेल खेलेको सेनेगलले एक खेलमा बराबरी खेलेको छ भने एक खेल जितेको छ । पोल्यान्डलाई २-१ गोलले परजित गरेको सेनेगलले जापानसँग २–२ गोलको बराबरी खेल्दै ४ अंक बटुलेको छ।

यता, दुई खेल खेलेको कोलम्बियाले पनि एक खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ । कोलम्बिया जापानसँग २-१ गोलले पराजित भएपनि पोल्यान्डलाई भने ३-० गोलले पराजित गर्दै ३ अंक जोडेको छ।





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।