बुधबार, चैत ११, २०८२

जापानविरुद्ध पोल्याण्डको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप अर्न्तगको जारी समुह चरणको खेलमा जापान विरुद्ध पोल्याण्डले १-० को अग्रता लिएको छ । 

विश्वकप फुटबलको समूह ‘एच’ मा को खेलमा जापानविरुद्ध पोल्यान्डले दोस्रो हाफमा १–० गोलको अग्रता बनाएको हो । खेलको ५९ औं मिनेटमा जान बेडनारेकले गोल गर्दै पोल्यान्डलाई दोस्रो हाफमा अग्रता दिलाउन सफल भए । बेडनारेकको यो पहिलो अन्तर्राष्ट्रय गोल हो । 

जापान र पोल्यान्डले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । रसियाको भोल्गोग्राड एरिनामा भएको खेलमा दुबै टिमले गोल गर्ने राम्रो अवसर खेर फालेका थिए । पोल्याण्डले यही अग्रता कायम राखेमा जापानले समूह ‘एच’ कै सेनेगल र कोलम्वियाबिचको खेलको नतिजा पर्खनु पर्ने छ।

पोल्यान्डलाई पराजित गरेको खण्डमा जापान समूह एचको विजेता बन्नेछ । विश्वकपको नकआउट चरणमा पुग्नका लागि यो खेलमा जापानले पोल्यान्डसँग बराबरी खेलेपनि पुग्नेछ। 

यसअघि समूह चरणमा जापानले १ खेलमा जित र एक खेल बराबरी खेलेको छ। समूह चरणको पहिलो खेलमा जापानले कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । दोस्रो खेलमा जापानले सेनेगलसँग २—२ को बराबरी खेल्दै ४ अंक बटुलेको थियो।

यता, पोल्यान्ड भने यसअघि नै दुवै खेलमा पराजित हुदै समूह चरणबाटै बाहिरिसकेको छ। पोल्यान्डले पहिलो खेलमा सेनेगलसँग २—१ गोलको पराजय भोगेको थियो । त्यस्तै, दोस्रो खेलमा पोल्यान्ड कोलम्बियासँग ३—० गोल अन्तरले पराजित भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।