सोमबार, असार २२, २०८३

क्रोएशियालाई हारबाट जोगाए ३६ वर्षीय मोड्रिचले

विश्वकपको साविक उपविजता क्रोएशियाले कतार विश्वकप छनोटअन्तर्गत आइतबारको रातिको खेलेमा बराबरी गरेको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

काठमाडौं- विश्वकपको साविक उपविजता क्रोएशियाले कतार विश्वकप छनोटअन्तर्गत आइतबारको रातिको खेलेमा बराबरी गरेको छ। घरेलु मैदानमा एक गोलले पछि परेको क्रोएसियाले पाहुना टिम स्लोभकियासँग २-२ गोलको बराबरी गरेको हो।

क्रोएशियाका लागि अन्तिम समयमा गोल गर्दै लुका मोड्रिचले आफ्नो टिमलाई हारबाट जोगाएका थिए। ३६ वर्षीय मोड्रिचले आफ्नो १४४ औं खेलमा टिमका लागि गोल गरेका हुन्।

खेलको २० औं मिनेटमा स्लोभाकियाका इभान स्चरनजेटले गोल गर्दै क्रोएशियालाई १-० गोलले पछि पारेका थिए। तर, एन्डरेज क्रामारिचले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।

तर, पहिलो हाफको अन्तिम मिनेटमा लुकासले गोल गर्दै फेरि स्लोभाकियालाई अग्रता दिलाए। सो अग्रता मोड्रिचले ७१ औं मिनेटमा तोडेका थिए।

बराबरीका साथ क्रोएशिया समूह एचको दोस्रो स्थानमा छ। उसको १७ अंक छ भने तेस्रो स्थानमा रहेको स्लोभाकियाको १० अंक छ।

प्रकाशित: Oct 12, 2021| 07:45 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।