आइतबार, जेठ १७, २०८३

प्रदेश पर्यटन बोर्डको उपाध्यक्षमा अधिकारी

प्रदेश १ को पर्यटन बोर्डको उपाध्यक्षमा फणिन्द्र अधिकारीलाई चयन गरिएको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

विराटनगर– प्रदेश १ को पर्यटन बोर्डको उपाध्यक्षमा फणिन्द्र अधिकारीलाई चयन गरिएको छ।

National life

सोमबार बसेको बोर्ड बैठकले उपाध्यक्षमा विराटनगरका अधिकारीलाई चयन गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्को आईतबारको बैठकले ६ जना उद्योग पर्यटन क्षेत्रमा विगत १० वर्षदेखि लागेका व्यक्ति नियुक्त गरेको थियो। 

बोर्डको सदस्यहरुमा देवी गौतम (सुनसरी), भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (बिर्तामोड) रहेका छन्।

बोर्डको अध्यक्ष उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था छ। बोर्डमा एक जना अर्थ मन्त्रालयका अधिकृत, एक जना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, एक जना मन्त्रालयकै पर्यटन महाशाखाका प्रमुख सदस्य रहने व्यवस्था रहेको छ।

बोर्डमा नवनियुक्त सदस्यहरुलाई सोमबारै सपथ गराईएको छ। प्रदेश पर्यटन बोर्ड गठन संवन्धि नियमावलीमा ११ सदस्य कार्यसमिति हुने व्यवस्था छ।

Shivam cement

प्रकाशित: Oct 11, 2021| 19:23 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।