सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मोरङको कर्सीयामा बैंक लुट्न खोज्‍ने भारतीय नागरिकसहित ३ जना पक्राउ

मोरङको कर्सीयामा बैंक लुट्न खोज्‍ने भारतीय नागरिकसहित ३ जना पक्राउ

मोरङको कर्सीयामा बैंक लुट्न खोज्ने २ भारतीय नागरिक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

विराटनगर- मोरङको कर्सीयामा बैंक लुट्न खोज्ने २ भारतीय नागरिक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

धनपालथान गाउँपालिका ४ कर्सीया बजारमा शाखा रहेको सिटीजन्स बैंक लुट्ने प्रयासमा रहेको लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नेपाल भारत सीमा नाका धनपालथान २ खैरवनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ।

रकम लुट्ने उद्देश्यले बैंक छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा गार्डलाई लुटेरा समूहले गोली चलाएका थिए। 

उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ। पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको प्रहरी श्रोतले जनाएको छ।

प्रकाशित: Oct 11, 2021| 19:10 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।