बुधबार, चैत ११, २०८२

कस्तो छ ४ पटकको एफसी एसियन कप विजेता जापानको विश्वकप यात्रा?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- फुटबलमा एसियको महारथी मानिने जापान एफसी एसियन कपको चार पटकको च्याम्पियन हो । पछिल्लो पटक २०११ मा एफसी एसियन कपको च्याम्पियान बनेको जापानले सन् १९९८ बाट एफसी एसियन कप खेल्न थालेको थियो ।  

एफसी एसियनका लागी १९६८ बाट क्वालिफाई खेल खेल्न थाले पनि सन् १९९८ मा मात्र एफसी एसियन कपकालागि क्वालीफाईड भएको थियो । एशियन कपका आठ संस्करणमा सहभागी भएको जापान १९९२, २०००, २००४ र २०११ गरी चार पटक उपाधि जित्दा २००७ मा भने चौथो स्थानमा झर्‍यो।

जारी विश्वकपको समुह ‘एच’ मा रहेको जापनको यो छैठौं विश्वकप यात्रा हो । सन् १९५४ बाट विश्वकपका लागी क्वालिफाई खेल खेल्न शुरु गरेको जापानले ४४ बर्षको संघर्षपछि सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागीता जनाएको थियो । 

१९९८ देखी २०१८ सम्मको विश्वकपमा निरन्तर सहभागीता जनाउँदा जापानले हालसम्म शिर्ष १६ सम्मको यात्रा तय गरेको छ । त्यो नै जापानको विश्वकप यात्रामा अहिले सम्मको उत्कृष्ट प्रदर्शन हो । २००२ मा आफ्नै मुलुकमा आयोजना भएको विश्वकपमा समुह ‘एच’ बाट विजेता बन्दै शिर्ष १६ मा पुगेको  थियो । तर, शिर्ष १६ मा टर्कीसंग १-० ले पराजित हुँदै बाहिरियो । 

२००६ मा समुह चरणबाट बाहिँरिदा पुनः २०१० मा विश्वकपमा दोस्रो पटक शिर्ष १६ मा प्रवेश गरेको थियो । २०१० मा समुह ‘ई’ को उपविजेता बन्दै शिर्ष १६ मा प्रवेश गरेको हो । शिर्ष १६ मा पाराग्वेसँग निर्धारित समयको खेलमा गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टिसुट आउटमा धकेलिएको थियो । तर, पेनाल्टि सुट आउटमा जपान पाराग्वेसँग ५-३ गोलले पराजित हुँदै बाहिरियो । 

२०१४ मा समुह चरणबाट बाहिँरिदा जारी विश्वकपमा भने शिर्ष १६ मा पुग्ने अनुमान गरिएको छ । जारी विश्वकपमा समुह ‘एच’ मा रहेको जापानले आफ्नो पहिलो खेल कोलम्बियालाई २-१ ले पराजित गर्दै सुखद शुरुवात गरेको थियो । जापानका लागी सेन्जी र ओसाकोले समान एक एक गोल गरे । 

त्यस्तै दोस्रो खेलमा सेनेगलसंग २-२ को बराबरी खेल्दै  शिर्ष १६ मा पर्ने सम्भावना जिवितै राखेको छ । दोस्रो खेलमा जापानका लागी ताकासी र होन्डाले समान एक एक गोल गरेका थिए । 

जारी विश्वकपको आजको खेलमा जापानले आफ्नो तेस्रो खेल समुह ‘एच’ को पुछारमा रहेको पोल्याण्डसँग खेल्ने भएको छ । आजको खेल जापानले बराबरी खेले मात्र पनि शिर्ष १६ मा सजिलै पुग्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।