रुस- रुसमा जारी विश्वकपमा आज (बिहीबार) समुह चरणका अन्तिम चार खेल हुँदैछन्।
समुह ‘एच’ बाट जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्विया भिड्दैछन् भने समुह ‘जी’ बाट इंङगल्याण्ड र बेल्जियम तथा पानामा र ट्युनिसियाबीच प्रतिसपर्धा हुँदै छ।
समुह ‘एच’ मा भने त्रिकोणत्मक प्रतिसपर्धा हुने भएको छ।
एक खेलमा जित र एक खेलमा बराबरी खेलेको जापान चार अंक सहित शिर्ष स्थानमा छ। त्यस्तै समान खेल खेलको सेनेगल पनि एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै चार अंकका साथ दोस्रो स्थानमा छ।
कोलम्विया भने एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै तीन अंकका साथ तेस्रो स्थानमा छ । दुई खेलमा हार व्यहोर्दै समुह चरणमा रहेको पोल्याण्डको भने आजको खेल प्रतिष्ठाको बिषय मात्र बन्नेछ।
आजको खेलमा सेनेगललाई जित वा बराबरी खेल्नु पर्नेछ । यदि सेनेगलले कोलम्बियासँग हारेमा सेनेगल समुह चरणबाट बाहिरिने पक्का छ।
अर्को तिर जापानले पोल्याण्डसँग हारेमा पुनः सेनेगललाई फाइदा पुग्ने छ । किनकी जापान र सेनेगलको समान खेलबाट समान अंक छ।
त्यस्तै आजै हुने समुह ‘जी’ का खेलमा भने इंङगल्याण्ड र बेल्जियम शिर्ष १६ मा प्रवेश गरिसकेका छन् । समुह ‘जी’ को आजको खेल ट्युनिसिया र पानामानकालागि प्रतिष्ठाको बिषय मात्र बन्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४