काठमाडौं– इटालीको टुरिनस्थित युभेन्टस रंगशालामा भर्खरै सम्पन्न खेलमा पाउना टिम बेल्जियममाई हराउँदै इटालीले नेसन्स कपको तेस्रो स्थान हात पारेको छ। इटालीले बेल्जियमलाई २-१ गोलले हराउँदै तेस्रो स्थान जितेको हो।
इटालीको जितका लागि निकोलो ब्यारेला र डोमिनिको बेरार्डीले गोल गरेका थिए। यता बेल्जियमका डी केटेरेलियाले खेलको ८६ औं मिनेटमा गोल गरे पनि विश्व नम्बर वान टिमले पुनरागमन गर्न सकेन।
खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि गोलरहित बराबरी भएको थियो। तर, दोस्रो हाफको पहिलो मिनेटमै ब्यारेल्लाले गोल गरेपछी घरेलु टिमले अग्रता बनाएको थियो।
त्यस्तै, खेलको ६५ औं मिनेटमा बेरार्डीले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरेपछि इटालीले २(० गोलको अग्रता बनाएको थियो। रोमेलु लुकाकु र इडेन हजार्ड उपस्थित नभएको बेल्जियमको टिममा केभिन डि ब्रुएनले दिएको पासलाई सदुपयोग गर्दै केटेरेलियाले गोल फर्काए।