बुधबार, चैत ११, २०८२

अर्जेन्टिनाले विश्वकप जित्‍ने पाँच कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इक्योडरसँग १–३ गोल अन्तरले जित हात पारेसँगै विश्वकप यात्रा तय गरेको अर्जेन्टिना विश्वकप समुह चरणका खेलमा निकै संघर्ष गुर्नपर्‍यो । 

विश्वकपमा नवप्रवेशी टिम आइसल्याण्डले बराबरीमा रोकेपछि अर्जेन्टिना ओरालो लागेको विश्लेषणहरु हुन थाले । जब क्रोएसियाले तीन गोलले स्तब्ध पार्‍यो त्यसपछि अर्जेन्टिनालार्इ समुह चरणबाटै बाहिरिने ठोकिवाहरु गरिए। 
 
तर आइसल्याण्डलाई पराजित गरेको टिम नाइजेरियाविरुद्धको खेलको १४ औं मिनेटमा जब अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले पहिलो गोल गरे, त्यसपछि अर्जेन्टिनालाई केही राहत महसुस गर्‍यो। तर, नाइजेरियाका लागि खेलको ५१ औं मिनेटमा भिक्टोर मोसेसले जवाफी गोल फर्काए । अर्जेन्टिना झनै आक्रामक गतिमा खेल अघि बढायो र खेलको ८६ औं मिनेटमा मार्कोस रोजेले अर्जेन्टिनाका लागि निर्णायक गोल गर्दै समुह चरण पार गर्न सफल भयो।
 
अन्ततः खेलप्रेमी तथा अर्जेन्टिनाका समर्थक तथा फुटबल विश्लेषकको अनुमानलाई गलत सावित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुग्यो। नाइजेरीयासँग २–१ गोल खेलेको अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले ‘वेस्ट प्लेयर अफ द जेनेरेशन’ को उपाधि पाए । यदि बार्सिलोनाका स्टार खेलाडी मेस्सी समुह चरणबाटै बाहिरीए भने त्यसले अर्जेन्टिना र मेस्सीका लागि पनि निकै लज्जित हुने स्थिति बन्थ्यो ।

अब अर्जेन्टिनाका स्ट्राइकर मेस्सीले पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सामना गर्ने राम्रो अवसर छ। तर, त्यसअघि अर्जेन्टिनाले फ्रान्सलाई पारजित गर्नुपर्ने दबाब छ भने पोर्चुगलले उरुग्वेमाथिको जित दर्ता गराउनु पर्नेछ ।

आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिनाले अष्ट्रेलिया र पेरुलाई पराजित गरेको प्रmान्सलाई पाखा लगाउन निकै संघर्ष गर्नुपर्नेछ। 

अर्जेन्टिनाले उपाधी उचाल्ने पाँच कारण

५. पहिलो चरण कठिन यात्रा

पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिनाले क्रोएसियासँगको हारबाट राम्रो पाठ सिक्यो । दोस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेपछि अर्जेन्टिना निकै सचेत बन्यो। नाइजेरिले आइसल्याण्डलाई हराउँदै अर्जेन्टिनालाई धम्काएको थियो । तर, नाइजेरियाले अर्जेन्टिनाको सामना गर्न निकै संघर्ष गरेपनि असफ रह्यो ।
 
नाइजेरियाका लागि अर्जेन्टिनाले अग्रता लिएपनि तुफानी गतिमा अघि नाइजेरियनहरुले बराबरीमा ल्याएपछि अर्जेन्टिनाले खेलको अन्तिम समयमा एक गोल गर्दै नाइजेरियाको गोल फर्काउने ढोका बन्द गरिदिए। 

जसरी अर्जेन्टिनाले ठुलो युद्ध जित्दै पहिलो चरण पार गर्‍यो, यो कुनै चमत्कारीभन्दा कमजस्तो थिएन । यसरी खेलमा सुधार ल्याएर अघि बढ्यो भने विश्वकप उपाधी जित्ने निश्चि भएको आँकलनहरु गरिएका छन् । 

४. प्रेरणाको पाठ

जब क्रोएसियासँग लजास्पद हार व्यहोर्‍यो, अर्जेन्टिना टुटेको जस्तै थियो । मैदानमा स्ट्राइकर मेस्सीको हाउभाउ र उनको अनुहार हेर्दा बाँकी खेल खेल्ने सम्पूर्ण उर्जा हराएजस्तो र बाँकी खेल्ने कुनै चासो नभएजस्तै देखिन्थ्यो । क्रोएसियाविरुद्ध मैदानमा दौडिरहँदा मेस्सी आफ्नो राष्ट्रका लागि गोल गर्न इच्छुक नभएकोजस्तो देखिन्थे।
 
तर, जब नाइजेरियाविरुद्ध मैदानमा उत्रिए, उनी खेलको पहिलो मिनेटदेखि नै आक्रामक शैलीमा प्रस्तुत भएर पहिलो १४ मिनेटमै टिमलाई अग्रता दिलाए। मेस्सीले आफ्ना टिमलाई अग्रता दिलाएर आक्रामक बन्न प्रेरित गरे। नाइजेरियाविरुद्धको जितले दोस्रो चरणमा मात्र पु¥याएन की टिमलाई आगामी खेल जित्ने दबाब र प्ररेणा प्रदान गर्‍यो ।

३. मरिसकेका आशाको पुर्नजिवन

जसरी अर्जेन्टिना यस वर्षको विश्वकपमा प्रस्तुत भयो, त्यसले विश्वकपभरी नै सबभन्दा थोरै प्रभाव पार्ने टिम बन्यो । एकदम कमजोर मिडफिल्ड र अस्थिर गोलकिपर अर्जेन्टिनासँग खासै धेरै आशा कसैले गरेका थिएनन्। 

तर, अर्जेन्टिनाले पहिलो चरण पार गर्‍यो । यसको प्रत्यक्ष फाइदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध देखाउन सक्नेछ । कमजोर देखिएको टिम अर्जेन्टिनाका लागि फ्रान्सले सजिलै जित्ने आँकलन गरेको छ । तर, त्यो गलत सावित हुन जान्छ। 

२. आगो बनेका मेस्सी 

पहिलो चरणको दुई खेलमा असहायजस्तै बनेका लियोनल मेस्सी निकै आक्रामक बनेका छन् । नाइजेरिविरुद्ध एक गोलको अग्रतासँगै खुशी बनेको अर्जेन्टिनी टिम जवाफी गोल फर्काएपछि आक्रोशित अर्जेन्टिनाका क्याप्टेन मेस्सीले खेललाई यु टर्न गराए। गेम चेन्जरका रुपमा प्रस्तुत हुने मेस्सी आगामी खेलमा थप आक्रामक रुपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। 

१. विश्वकपको सुखद अन्त्य

दुई खेलमा स्तब्ध भएको अर्जेन्टिना घाइतेजस्तै भएको थियो । तर, तेस्रो खेलले अर्जेन्टिनाको घाउमा मलम लगायो । अर्जेन्टिना हरेकको प्लेटमा राखिएको केक होइन, जसले विश्वकप जित्नैपर्ने तर, जब अर्जेन्टिना समुह चरणबाटै बाहिरीनु र उसको प्रतिद्वन्दीले विश्वकप जित्नुले कथाको सुखद अन्त्य भएको मानिन्छ। भिड्दाभिड्दै थकित भएको अर्जेन्टिना जब दोस्रो चरणमा पुग्यो यो नै अर्जेन्टिनाका लागि विश्वकप उपाधी यात्रा तय गर्ने महत्वपूर्ण कदम मानिन्छ । -एजेन्सी

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।