आइतबार, जेठ १७, २०८३

प्रदेश १: प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित

कात्तिक ५ गते दिउँसो १ बजे बैठक बस्‍ने गरी असोज २५ गतेको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

विराटनगर- सोमबार दिउँसो १ बजेबस्‍ने गरी आइतबारको बैठक स्थगित गरेका प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गते बस्‍ने गरी बैठक स्थगित गरेका छन्।

National life

प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर बैठक स्थगित गरेको जनाएको छ। कात्तिक ५ गते दिउँसो १ बजे बैठक बस्‍ने गरी असोज २५ गतेको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए।

 मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव लिनुपर्ने संवैधानिक बाध्यता छ। आचार्य दसैंपछि विश्वासको मत लिने योजनामा थिए। 

विपक्षी दल दसैंको विदा नभनी निरन्तर प्रक्रियामा लगेर टुंगोमा पुग्नुपर्ने अडानमा थिए। 

प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन असोज २२ गते सुरु भएको थियो। आइतबारको बैठकमा प्रदेश सरकार र सभामुख भण्डारीको आलोचना गरिएको थियो। 

Shivam cement

संविधान र कानुन विपरित सरकारले संविधानको गलत व्याख्या गर्ने र त्यसमा सभामुखले सहयोग गरेको भन्दै विपक्षी दलले आरोप लगाएका थिए।



प्रकाशित: Oct 10, 2021| 18:41 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।