सोमबार, जेठ १८, २०८३

प्रहरी हिरासतमा मृत्यु भएका युवकको छानबिन गर्न समिति गठन

सुनसरी प्रहरीको हिरासतमा मृत्यु भएका युवकको छानबिनका लागि समिति गठन गर्न पीडित पक्ष सहमत भएको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

विराटनगर- सुनसरी प्रहरीको हिरासतमा मृत्यु भएका युवकको छानबिनका लागि समिति गठन गर्न पीडित पक्ष सहमत भएको छ। 

National life

सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गर्ने र क्षतिपूर्तिको लागि गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएपछि मृतक परिवारले शव बुझेर लगेका छन्। 

छानबिन समितिको संयोजकमा सहायक सीडीओ महेश पोखरेल, जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष, इनरुवा, भोक्राहा नरसिंहका वडाध्यक्ष सदस्य छन्।  

प्रेम विवाह गरेका भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षीया हकिब मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाएको थियो। उनको हिरासतभित्रै पासो लगाएको अवस्थामा शव भेटिएपछि सुनियोजितरुपमा हत्या भएको भन्दै आफन्तजन तथा स्थानीयले आइतबार प्रर्दशन गरेका थिए। 

जिल्ला प्रहरी कार्यालयअघि प्रर्दशनको क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। प्रर्दशनकारीले इनरुवा बजार बन्द गराएका थिए भने पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका थिए।

Shivam cement

प्रकाशित: Oct 10, 2021| 18:04 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।