बुधबार, चैत ११, २०८२

नीताको हिरो मेस्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-नायिका निता ढुङ्गानाले वर्ल्डकप लगातर हेरिरहेकी छिन् । अर्जेन्टिनाको टि-सर्ट लगाएको फोटो फेसबुक र ट्वीटरमा पनि पोष्ट गरिरहेकी छिन् । र यतिखेर उनको फेसबुक प्रोफाइल फोटो पनि त्यस्तै छ । उनी उत्साहित हुदै भन्छिन्, 'राति नसुतेर अर्जेन्टिना र नाइजेरियाको गेम हेरें ।'

निताले फेसबुक वालमा मेस्सीको फोटो पनि राखेर 'हारको अघि जित छ । हो म अर्जेन्टिनाको फ्यान हुँ' स्टाटस् नै लेखेकी छिन् ।



नाइजेरिया र अर्जेन्टिनाबीचको खेलको साँझ उनी धेरै छटपटिएकी थिइन् । लियोनल मेस्सीले पेनाल्टी गोल मिस गरेपछि उनलाई नमजा लागेको थियो । र यसपटक पनि यस्तै हुने बताउदै भन्छिन, 'त्यो खेलले म एकदम डराएको थिएँ, र मनमनै अर्जेन्टिनाले गोल हान्दे पनि हुन्थ्यो, भन्दै भगवान् सम्झेको थिएँ ।' 

त्यस रात उनले खेल हेरिनन् । कारण उनी अर्जेन्टिनाले हारेको हेर्न चाहन्न थिइन् । त्यसैले उनी टिभी कोठाको छेउको अर्को कोठामा पल्टिएर खेलको आवाज मात्रै सुनिन् । उनी बेलाबेला टिभी कोठामा बस्नेलाई चर्को स्वरमा घुर्काउदै भन्थिन्, 'अर्जेन्टिनाले गोल गने बित्तिकै बोलाउनु नत्र नबोलाउनु ।' 

खेलप्रतिको लगावले थप उर्जा दिएको बताउछिन् निता । कसले जित्ने होला भन्नेमा पनि बडो उत्सकता जागेको बताउदै भन्छिन्, 'चार वर्षपछि आउने खेल भएकोले खेलले कुन मोड लिने हो भन्ने अन्दाज गर्नै गाह्रो ।' 

२०१८ को फिफा विश्वकपमा केही नयाँ देशका खेलाडी बुलुन्द खेलिरहेका छन् । राम्रा खेलाडीले  सुरूवाती चरणको खेलमा चमात्कारीक खेल देखाउन सकिरहेका छैनन् । त्यसैले धेरै फ्यानलाई कुन देशले जित्छ भन्नेमा कन्फ्युज अझै छ । 

अहिलेको गसिफ वल्र्डकप वरिपरि नै छ । उनी शुटिङ्गदेखि घरसम्म वल्र्डकपकै हल्ला सुन्छिन् । यसले पनि वल्र्डकपको प्रभाव कति बढेको बताउदै निता भन्छिन्, 'खेलप्रतिको क्रेज नेपालमा बढिरहेको छ ।'

निता खेललाई ग्यादरिङमा हेर्न रूचाउछिन् । र ताली पिट्दै हुटिङ गर्न मजा मान्छिन् । गोल हान्न-हान्न लागेर नभएको गोललाई उनी खुब मिस गर्दै भन्छिन्, 'अर्जेन्टिनाले गोल हानम हानम गरेको बल चुक्दा साह्रै थकथकी हुन्छ ।' 

अहिले खेलमाथि बाजीको धावा बोल्नेहरू तमाम छन् । पैसाको कारोबार सबैभन्दा वर्ल्डकपमै भइरहेको छ । खेलाडी खेलाउने एजेन्सीहरू जन्मिरहेका छन् । मान्छेहरू ठूलो ठूलो बाजी लगाएर भिडिरहेको बताउदै भन्छिन्, 'जिस्किदै खाजा बाजीसम्म लगाएर रमाइलो गर्ने न हो ।'

वर्ल्डकप फलानोले जित्नैपर्छ भन्ने धारणा बनाइरहेका हुन्छन् फ्यान । तर निता त्यसरी लिने पक्षमा छैनिन् । उनी भन्छिन्, 'आफ्नो देशको खेलाडीले नखेलेको कारण हामीले राम्रो खेलाडीको समर्थन गर्ने  हो ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।