आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ सरकारले संविधानको गलत व्याख्या गरेको विपक्षीको आरोप

प्रदेश १ सरकारले संविधानको गलत व्याख्या गरेको विपक्षीको आरोप

प्रदेश १ का विपक्षी दलले सरकारले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

विराटनगर– प्रदेश १ का विपक्षी दलले सरकारले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्। प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनअन्तर्गत आइतबारको बैठकमा संविधान र कानुनविरीत सरकारले संविधानको गलत व्याख्या गरेको र त्यसमा सभामुखले सहयोग गरेको आरोप लगाए। कार्यकर्तालाई विभिन्न नियुक्ति दिलाउन सरकारले आयु लम्ब्याउन चाहेको आरोप उनीहरुले लगाए। 

National life

मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई आफू अनुकूल व्याख्या गरिरहेको विपक्षी दलका नेताहरुले बताएका छन्। 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले विशेष समय लिएर बोल्दै सरकार निर्लज्ज बनेर आयु लम्ब्याउन लागेको र त्यसमा सभामुखले साथ दिएको बताए।

नेता आङबोले सत्तापक्षलाई संविधान बमोजिम विश्वासको मत लिएर मात्र सरकार चलाउन अन्यथा मार्ग प्रशस्त गर्न आग्रह गरे। समाजवादी दलका नेता राजेन्द्र राईले कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाईकनै संसद बैठक आह्वान गरिएको भन्दै आपत्ति जनाए।

 बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाएको छ। सभामुख प्रदीपकुमार भण्डारीले सोमबार एक बजेका लागि संसद् बोलाएका छन्। 

Shivam cement

प्रकाशित: Oct 10, 2021| 17:17 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।