बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अखिल छैटौंको राष्ट्रिय सम्मेलन विवादमा : निवर्तमान महासचिवको नेतृत्वमा समानान्तर समिति चयन

अखिल छैटौंको राष्ट्रिय सम्मेलन विवादमा : निवर्तमान महासचिवको नेतृत्वमा समानान्तर समिति चयन

सुदूरपश्चिममा विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को धनगढीमा भएको सम्मेलनले निर्वमान महासचिव महेशराज जोशी (कञ्चनपुर) को नेतृत्वमा ३१ सदस्यीय समानान्तर समिति चयन गरेको छ।
 |  आइतबार, असोज २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

vianetvianet

धनगढी- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को २२ औँ राष्ट्रिय सम्मेलन विवादमा तानिएको छ। सुदूरपश्चिममा विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को धनगढीमा भएको सम्मेलनले निर्वमान महासचिव महेशराज जोशी (कञ्चनपुर) को नेतृत्वमा ३१ सदस्यीय समानान्तर समिति चयन गरेको छ।

triton college

नवनिर्वाचित अध्यक्ष जोशीले धनगढीमा पत्रकार सम्मेलन गर्दै ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरे। जोशीले २३ र २४ गते धनगढीमा गरेको राष्ट्रिय सम्मेलनमा देशभरका १०२ जना प्रतिनिधिको उपस्थितिमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको बताए। 

उनले भने, ‘देशभरका साथीहरुको उपस्थितिमा धनगढीमा गरिएको २२ औँ सम्मेलन नै आधिकारिक हो।’

यसअघि गत साउन १९ गते केन्द्रीय समितिको बैठकले पाल्पामा २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो उनले भने, ‘अध्यक्ष विमल पोख्रेलले गुटगत राजनीति गर्न खोजेर केन्द्रीय कमिटीलाई थाहै नदिइ स्थान परिवर्तन गर्ने, जिल्ला सम्मेलनबाट निर्वाचित समितिलाई छलेर सम्मेलनमा अवैधानिक व्यक्तिहरुलाई सम्मेलनको प्रतिनिधि बनाएको विषयलाई हामीले विरोध गरेर धनगढीमा सम्मेलन गरेका हौँ।’

उनले धनगढीमा भएको २२ औँ राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा मनोज शर्मा (बाग्लुङ), महासचिव उमेश कँडेल (कैलाली), सचिव आशिष जबेगु (इलाम), कोषाध्यक्ष प्रतिभा शर्मा (काठमाडौ), सचिवालय सदस्यहरुमा शिव चालिसे (बाग्लुङ), महेश भट्ट (कञ्चनपुर), हेमविक्रम चन्द (डोटी), एकेन्द्र कँडेल (कैलाली), सुमन भण्डारी (रुपन्देही), समर शाही (भक्तपुर) र सदस्यहरुमा नरेश झुकाल (डडेल्धुरा), कपिल जोशी (चितवन), संसार कार्की (बाँके), प्रेमप्रसाद भुषाल (प्यूठान), आरती न्यौपाने (सुर्खेत), रोशनी चौधरी (कपिलवस्तु), मिलन लम्साल (काठमाडौ), पुष्कर भट्ट (कञ्चनपुर), बिराट चन्द (बाँके), जनक आचार्य (कैलाली), महेश बिक (ललितपुर), प्रकाश जोशी (बैतडी), लोकराज अवस्थी (डोटी), सनकुमार राई (झापा), निरज थापा (बारा), सरिता सुवेदी (सुनसरी), जिवी कुँवर (अर्घाखाँची) र गणेश चन्द (काठमाडौं) लाई चयन गरिएको बताए। बाँकी तीन जनालाई पछि मनोनित गरिने उनले बताए। उनले समितिको सल्लाहकारमा सागर कुँवर (काँस्की) र दिवश पौडेल (काठमाडौं) लाई चयन गरिएको बताए।

National life insurance

प्रकाशित: Oct 10, 2021| 17:15 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।