शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले माग्‍यो लेखासमिति सभापतिको राजीनामा, शाह भन्छन् - राजीनामा दिएको इतिहास छैन

एमालेले माग्‍यो लेखासमिति सभापतिको राजीनामा, शाह भन्छन् - राजीनामा दिएको इतिहास छैन

एमालेका संसदहरुले विश्वव्यापी रुपमा लेखासमितिको सभापतिमा सरकारको प्रतिपक्षमा बस्‍ने व्यवस्था रहेको र नेपालको आफ्नै चलन पनि सोही रहेकोले सभापतिले राजीनामा दिएर लोकतन्त्रको अभ्यासको कदर गर्नुपर्ने माग राखेका हुन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं– नेकपा एमालेले लेखासमितिका सभापति भरत शाहको राजीनामा माग गरेका छन्। एमालेका संसदहरुले विश्वव्यापी रुपमा लेखासमितिको सभापतिमा सरकारको प्रतिपक्षमा बस्‍ने व्यवस्था रहेको र नेपालको आफ्नै चलन पनि सोही रहेकोले सभापतिले राजीनामा दिएर लोकतन्त्रको अभ्यासको कदर गर्नुपर्ने माग राखेका हुन्। 

त्यस्तै उनीहरुले संसद्‌को लेखासमितिको सभापतिको पद दाबी गरेको छ। प्रमुख  प्रतिपक्ष दलको हैसियतले सो पद आफूहरुले पाउनुपर्ने एमालेका संसदहरुले जिकिर गरेका छन्।

आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै एमालेका संसद्‌द्वय गोकुल बास्कोटा र राजेन्द्रप्रसाद गौतमले समितिको सभापति पद एमालेले पाउनुपर्ने धारणा राखेका हुन्।

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै  प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिइ राख्‍न नपाउने बताए।

उनले सरकारको कामलाई चेक एन्ड व्यालेन्स गर्नको लागि पनि नेकपा एमालेले सभापति पद पाउनुपर्ने बताएका छन्। सो बैठकमा सभापति शाहले आफूले राजीनामा नदिने संकेत गरेका छन्।

 उनले भने, 'यसबारेमा म धेरै बोल्न चाहन्‍न तर म २०५६ सालदेखि संसद्‌मा छु, तर लेखासमिति सभापतिले अहिलेसम्म राजीनामा दिएको मलाई जानकारी छैन।’


प्रकाशित: Oct 10, 2021| 16:19 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...