धनगढी- लागुऔषध (खैरो हेरोइन) सहित कैलालीबाट ६ जना युवायुवती पक्राउ परेका छन्। तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका १८ वर्षीय आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना पक्राउ परेका हुन्।
वडा नम्बर १३ राजपुर बस्ने प्रेम सागर रानाको घरमा लागुऔषध सेवन गरी रहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सेवन गरिरहेकै अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।
यस्तै, धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट तीन ग्राम १०० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध (खैरो हेरोइन) बरामद भएको उनले बताए ।