शुक्रबार, भदौ ५, २०८३

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन्।

उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए। उनले देशमा छिटो छरितो विकासका कामहरु अघि बढाउन बाँकी रहेको बताए। प्रधानमन्त्री देउवाले जनताले भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गर्ने बताए।

प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो देशमा अरु धेरै कुराहरू गर्न बाँकी छ। अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ। छिटो छरितो विकासका कामहरु अघि बढाउनुछ। यहाँ केही कुरा आएका छन्। जनताको नाम सबैले लिन्छन्। जनता यो हो, जनता उ हो भन्छन्। जनताले भोटबाट देखाइहाल्छन् नि।'

प्रधानमन्त्री देउवाले नेपाल कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसासमेत पाइरहेको बताए। उनले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकलाई भिसा दिएको बताए। उनले नेपालले पूर्ण रूपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रूपमा नियन्त्रण गर्न सरकार सफल भएको बताए।

प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आम नागरिकको मौलिक हक भएको बताए। उनले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताए।

प्रकाशित: Oct 10, 2021| 14:10 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...