शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाललाई धोका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ

माधव नेपाललाई धोका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

तनहुँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन्। पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने, तर अहिले केपी ओलीको नजिक भएका नै वास्तविक लालगद्दार भएको बताएका हुन्।

गृहजिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘विशुद्ध संविधानको रक्षा, सर्वोच्च अदालतको सम्मान र पाँच वर्षका लागि जनताले दिएको अमूल्य मतलाई कदर गर्दै उभिएको हुँ। नेपाली कांग्रेसलाई भोट हालेको होइन। दुईपटक संसद् विघटन गर्दा पनि सच्चिन्छन् कि भनेर त्यतै उभिइरहेको थियौं। साइबर स्यालहरूले मलाई लालगद्दार भने छन्। मैले केही गद्दारी गरेको छैन। गद्दारी त लामबद्ध भएर सर्वोच्च अदालतमा आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गर्ने अहिले केपी ओलीको साखिल्लो भएर काम गरिरहेका हुन्,’ उनले भने।

आफूहरूले पार्टी फुटाएको नभई विद्रोह गरेको मन्त्री श्रेष्ठले दाबी गरे। उनले एकीकृत समाजवादी सच्चा पार्टी बनाएको जिकिरसमेत गरे। जिल्लाबासीको प्रतिष्ठा उच्च हुने गरेर काम गर्ने उनको भनाइ थियो। शुक्रबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेर कार्यभार सम्हालेका उनी शनिबार बिहानै सडकमार्ग हुँदै तनहुँ हिँडेका थिए। 

- न्युज कारखाना

प्रकाशित: Oct 10, 2021| 14:02 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...