आइतबार, जेठ २१, २०८०

एमाले अध्यक्षमा ओलीलाई निरन्तरता दिइने पोखरेलको संकेत

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन्।

Everest Bank

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन्।

दसैं, तिहार, नेपाल संवत् र छठको अवसरमा आइतबार सञ्चारकर्मीसँग आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको सो पोललाई बलियो बनाउन जरुरी रहेको तर्क गरेका हुन्। 

महासचिव पोखरेलले आफूले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणासमेत गरेका छन्। विधानमा पनि दुई पटकभन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाई थियो। 

महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरू इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाबले पार्टी नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताएका छन्। ‘नेशनल पोलिटिक्स दुईवटा पोलमा पोलराइज भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ। जुन एमालेलाई केपी ओलीले नेतृत्व गर्नु भएको छ। त्यो पोल मजबुत हुन जरुरी छ। सुदृढ हुन जरुरी छ। ताकि अर्को पोल हाबी हुनसकोस्', उनले भने।

Metro Mart
worldlink

उनले नेपाल पक्षलाई अर्को पोलको संज्ञा दिँदै उक्त पोलले अवाञ्छित गतिविधि गरिरहेको समेत आरोप लगाएका छन्। 

महासचिव पोखरेलले आगामी मंसीरको दोस्रो साता पार्टीको १०औं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताएका छन्। उनले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारेका छन्। निर्वाचनका लागि कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा आफूहरू नरहेको महासचिव पोखरेलले बताए।

महासचिव पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिएका छन्। अदालत संविधान अनुरूप नहिँडेको दाबी उनको छ।

प्रकाशित: Oct 10, 2021| 01:55. 28 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्