शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा चार हजार सुरक्षाकर्मी परिचालन, ९७२ स्थानमा विशेष निगरानी

कर्णालीमा चार हजार सुरक्षाकर्मी परिचालन, ९७२ स्थानमा विशेष निगरानी

कर्णाली प्रदेशमा दसैं-तिहार र छडपर्वको सुरक्षाका लागि चार हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
 |  आइतबार, असोज २४, २०७८

देव राना

देव राना

आइतबार, असोज २४, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा दसैं-तिहार र छडपर्वको सुरक्षाका लागि चार हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण र सडक सुशासन कायम राख्ने उद्देश्यले चार हजार ३५१ जना सुरक्षाकर्मी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

triton college

ती सुरक्षाकर्मीले प्रदेशका ९७२ स्थानमा विशेष निगरानी बढाएका छन्। जसअनुसार १४४ स्थानमा क्वुराटी टोली, १२९ स्थानमा नियमित तथा मापसे चेकिङ, ४६ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ, चोरी तथा लुटपाट हुनसक्ने ७० स्थानमा सादा पोसाकका सुरक्षाकर्मी, ३८७ स्थानमा स्कर्टिङ तथा मोबाइल गस्ती खटाइएको छ। यस्तै ३८ स्थानमा यात्रु सहायता कक्ष, आर्थिक कारोबार हुने ९७ स्थान विशेष सुरक्षा टोली, ८ स्थानमा कर्डन सर्च एण्ड एम्बुस टोली, १३ स्थानमा क्वारेनटाइन तथा आइसोलेसन केन्द्रको सुरक्षा, १३ स्थानमा आकस्मिकसभा जुलुस, धर्ना जस्ता कार्यक्रमको सुरक्षा, १८ स्थानमा विशेष चेकिङ र मुख्य ३ नाकासहित प्रदेशका सहायक ९ वटा सीमानाहरूमा चोरी तस्करी नियन्त्रणको लागि विशेष टोली खटाइएको हो।

त्यस्तै हरेक जिल्लामा आपराधिक गतिविधि हुनसक्ने क्षेत्र र सेन्टरप्वाइन्टमा कमान्डो सेन्टर राखिएको छ। घटनाको तत्काल उद्धार गर्नेगरी आवश्यक स्रोत साधानसहितको कमान्डो सेन्टर राखिएको हो। बजार र मुख्य क्षेत्रहरूमा सीसीटिभी, लिडर स्पीड हिडर जस्ता आधुनिक प्रविधिको प्रयोग गरेर सुरक्षा निगरानी बढाइएको छ। बैंक, वित्तीय संघसंस्था तथा आर्थिक कारोबार बढी हुने स्थानहरूको साधा पोशासकसहितका सुरक्षाकर्मीहरू खटाइएको हो।

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणदेखि अपराधीलाई भाग्न नदिन नाकामा चेकजाँच, मोबाइल गस्तीलगायतका रणनीतिहरू अपनाएको छ। 

अपराधीहरूलाई उम्किन नदिने उद्देश्यले नाका र विशेष स्थानमा आवश्यक चेकजाँच थालिएको छ। तालिम प्राप्त कुकुरसहित सीमानाकामा चेकिङ गर्न सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अजुर्न चन्दले जनाए। त्यस्तै भिभीआइपी क्षेत्र र भीआइपीको सुरक्षाका लागि छुट्टै प्रहरी टोली खटाइने छ। चाडपर्वमा वीरेन्द्रनगरमा खाली रहेका घरहरूको समेत प्रहरीले सुरक्षा दिने छ।

corrent noodles
Metro Mart

राजधानीमा पाँच सय सुरक्षाकर्मी

यस्तै प्रदेशको राजधानी सुर्खेत मात्रै प्रहरीले पाँच सय बढी सुरक्षाकर्मीहरू खटाएको छ। चाडपर्वमा हुने आपराधिक गतिविधि र सडक सुरक्षाका लागि सुरक्षाकर्मीहरू खटाएको हो। आर्थिक कारोबार बढी हुने क्षेत्र, खाली रहेका घरहरू र विशिष्ट व्यक्तिहरूको क्षेत्रमा छुट्टै सुरक्षाकर्मी अटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

चाडपर्व अवधिभर सादापोशाकमा हाईवे गस्ती, पैदल गस्ती गरिने छ। सुर्खेतमा प्रहरीले बसपार्क, पूर्वमा छिन्चु र पश्चिममा बड्डीचौरमा नागरिक सहायता कक्षसमेत राखेको छ। 

यात्रुहरूको भिडभाड बढ्ने भएका कारण यात्रुहरूको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रु सहायता कक्ष स्थापना गरिएको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जनाए।

प्रकाशित: Oct 10, 2021| 11:57 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।