आइतबार, माघ ४, २०८२

साफमा भारतविरुद्ध नेपाल, यस्तो छ दुई देशबीचको विगत नतिजा

नेपाल र भारत २१ पटक आमनेसामने भएका छन्। जसमा नेपालले भारतलाई दुई पटक हराएको छ भने पाँच खेल बराबरीमा रोकिएका छन्। तीबाहेकका १४ खेल भारतको पोल्टामा परेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं-  दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअन्तर्गत आज राति नेपालले भारतको सामना गर्दैछ। यो क्षेत्रकै फुटबल पावरहाउसका रूपमा रहेको भारतसँग नेपाल जितको लक्ष्यका साथ मैदानमा उत्रँदैछ। खेल नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्सको मालेस्थति राष्ट्रिय रंगशालामा हुँदै छ।

National life

भारतका खेलाडीदेखि प्रशिक्षकसम्म उच्च स्तरको रहेको र फिफा वरीयतामा पनि नेपालभन्दा अघि रहेकाले भारतले जित निकाल्ने ९५ प्रतिशत सम्भावना रहेको नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बताउँछन्।

यद्यपि नेपाली टिमका कप्तान किरणकुमार लिम्बू भारत जति नै बलियो भए पनि आफूले ९० मिनेटसम्म जितकै लागि फाइट गर्ने बताएका छन्।

उनले नेपालले यस्तै खेलका लागि धेरै प्रयास गरेको पनि बताएका छन्। उनी भन्छन्, ‘भारतसँगको खेल निकै गाह्रो हो। त्यसका लागि तयारी गरेका छौं। हामी जितकै लागि अघि बढ्ने छौं। हामीले स्टेप बाई स्टेप अघि बढ्नुपर्नेछ।’

नेपाल र भारत २१ पटक आमनेसामने भएका छन्। जसमा नेपालले भारतलाई दुई पटक हराएको छ भने पाँच खेल बराबरीमा रोकिएका छन्। तीबाहेकका १४ खेल भारतको पोल्टामा परेको छ। नेपाल र भारतबीच पहिलो खेल ३६ वर्षअघि भएको थियो।

Laxmi sunrise bank
kumari

कहिले कसको पक्षमा नतिजा?

२०-१२-१९८५ भारत ०-० नेपाल - साग

२१-१२-१९८५ भारत २-० नेपाल साग

३१-११-१९८७ भारत १-० नेपाल साग

२६-१०-१९८९ भारत २-१ नेपाल साग

२१-७-१९९३ भारत १-० नेपाल साफ च्याम्पियनसिप

२१-७-१९९३  भारत १-० नेपाल साफ च्याम्पियनसिप

१८-१२-१९९३ भारत २-२ नेपाल साफ गेम्स

२२-१२-१९९३ नेपाल २-२  भारत साफ गेम्स

५-१२-१९९८  नेपाल ०-१ भारत एसियाली खेलकुद

३०-९-१९९९ नेपाल ०-४ भारत साफ गेम्स

८-१२-२००५ भारत २-१ नेपाल -साफ च्याम्पियनसिप

३-६-२००८ भारत ४-० नेपाल साफ च्याम्पियनसिप

७-१२-२००९ भारत १-० नेपाल साफ च्याम्पियनसिप

२८-८-२०१२ भारत ०-० नेपाल मैत्रीपूर्ण

५-९-२०१३ नेपाल २-१ भारत साफ च्याम्पियनसिप

१९-११-२०१३ भारत २-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

१२-३-२०१५ भारत २-० नेपाल विश्वकप छनोट

१७-३-२०१५ नेपाल ०-० भारत विश्वकप छनोट

२७-१२-२०१५ भारत ४-१ नेपाल साफ च्याम्पियनसिप

७-६-२०१७  भारत २-० नेपाल - मैत्रीपूर्ण

२-९-२०२१ नेपाल १-१ भारत मैत्रीपूर्ण 

५-९-२०२१ नेपाल १-२ भारत मैत्रीपूर्ण

१०-१०-२०२१  नेपाल-भारत साफ च्याम्पियनसिप 

यसबाहेक नेपालले २००६ को अप्रिल ९ मा चिटगाउँमा पनि एकपटक एएफसी च्यालेन्ज कप खेलेको थियो। तर त्यो खेलमा भारतका पहिलो रोजाइका खेलाडी थिएनन् उमेर समूहका खेलाडी मात्र थिए। उक्त खेलमा नेपालले ३-० गोलको जित निकालेको थियो। तर, त्यसलाई आधिकारिक खेल मानिएको छैन। 

प्रकाशित: Oct 10, 2021| 13:25 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।