शुक्रबार, भदौ ५, २०८३

उद्योगमन्त्री गजेन्द्र हमालले गरे राजीनामा घोषणा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्।

२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ। प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिँदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए। 

मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको समेत बताएका छन्। नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित परेको उनको भनाइ छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक सक्रियतालाई दृष्टिगत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताएका छन्।

उनले स्वविवेकले राजीनामा दिने निर्णयमा पुगेको बताएका छन्। उनले आजै प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउने बताएका छन्। कांग्रेसको राजनीतिमा ४५ वर्ष योगदान पुर्‍याएको भए पनि आफूलाई अनावश्यक विवादमा तानिएको उनको तर्क छ।

उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन्।

प्रकाशित: Oct 10, 2021| 09:14 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...