शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आइतबार बिहान देउवा पोखरा जान लागेका हुन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा कार्यक्रममा सहभागी हुन आइतबार बिहान देउवा पोखरा जान लागेका हुन्।

उनी बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ। देउवाले पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

दिउँसो ३ बजे पोखरा-१७ मा चियापान एवं अन्य कार्यक्रममा सहभागी हुनेछन् भने अपराह्न ५ बजेपछि राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

देउवा आइतबार पोखरामै बस्नेछन्। सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने कार्यक्रम छ। ती कार्यक्रम सकेर देउवा सोमबार मात्रै काठमाडौं फर्किने छन्।

प्रकाशित: Oct 10, 2021| 08:01 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...