सोमबार, असार २२, २०८३

विश्वकप छनोटमा इंग्ल्यान्डको सानदार जित

फिफा विश्वकपको युरोपेली छनोटमा इंग्ल्यान्डले एन्डोर्राविरुद्ध सानदार जित निकालेको छ। शनिबार राति एन्डोर्राकै मैदानमा भएको खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं– फिफा विश्वकपको युरोपेली छनोटमा इंग्ल्यान्डले एन्डोर्राविरुद्ध सानदार जित निकालेको छ। शनिबार राति एन्डोर्राकै मैदानमा भएको खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।

इंग्ल्यान्डको जितका लागि बेन चिलवेल, बुकायो साका, टामी अब्राहम, जेम्स वार्ड पोस र ज्याक ग्रिलिसले गोल गरे। ७९औं मिनेटमा जेम्स वार्डले गोललगत्तै पाएको पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेनन्।

सुरुआतबाटै दबाब आएको एन्डोर्राविरुद्ध इन्डियाले ८६ प्रतिशत बल पोसेसन राख्दै जित निकालेको थियो। खेल अवधिभर एन्डोर्राले इंग्ल्यान्डको पोस्टतर्फ एकपटक प्रहार गरे पनि पोस्टको सही दिशामा प्रहार गर्न सकेन।

यता इंग्ल्यान्डको पोस्ट वरिपरि बल खेलाइरह्यो। सोही क्रममा उसले विपक्षीको पोस्टतर्फ १८ प्रहार गरेको थियो, जसमध्ये ८ प्रहार पोस्टको सही दिशामा थिए।

इंग्ल्यान्डले शनिबार रातिको जितसँगै समूह आईमा १९ अंक बनाएको छ। शीर्षस्थानमा चार अंकको अग्रता बनाउँदै इंग्ल्यान्ड विश्वकप छनोटमा अन्य टिमभन्दा अघि छ।

दोस्रो स्थानको अल्वानियाको १५ अंक छ भने तेस्रो स्थानको पोल्यान्डको १४ अंक छ। एन्डोर्रा ३ अंककासाथ पुछारबाट दोस्रो स्थानमा छ।

समूह आईअन्तर्गत नै भएको अर्को खेलमा पोल्यान्डले सान मरिनोमाथि ५–० गोलको सानदार जित निकालेको छ। सान मरिनोका क्रिस्टियन ब्रोलीले आफ्नै पोस्टमा गोल गरेका थिए।

यता पोल्यान्डका करोल स्विगेस्की, टोमस्ज केड्रिओरा, एडम बुक्सा र क्रिसिस्टफ पियोन्टेकले समान १–१ गोल गरे।

प्रकाशित: Oct 10, 2021| 06:45 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।