काठमाडौं– दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअन्तर्गत आज राति नेपालले इन्डियाको सामना गर्दैछ।
यो क्षेत्रकै फुटबल पावरहाउसको रूपमा रहेको टिम इन्डियासँग आज नेपालले जितको लक्ष्यका साथ खेल्न लागको हो।
इन्डियाका खेलाडीदेखि प्रशिक्षकसम्म उच्च स्तरको रहेको र फिफा वरियतामा पनि नेपालभन्दा अघि रहेकाले इन्डियाले जित निकाल्ने ९५ प्रतिशत सम्भावना रहेको नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बताउँछन्।
यद्यपि नेपाली टिमका कप्तान किरण कुमार लिम्बू इन्डिया जति नै बलियो भए पनि आफूले ९० मिनेटसम्म जितकै लागि फाइट गर्ने बताएकाछन्।
उनले नेपालले यस्तै खेलका लागि धेरै प्रयास गरेको पनि बताएका छन्। उनी भन्छन्, ‘भारतसँगको खेल निकै गाह्रो हो। त्यसका लागि तयारी गरेका छौं। हामी जितकै लागि अघि बढ्नेछौं। हामीले स्टेप बाई स्टेप अघि बढ्नु पर्नेछ।’
आइतबारको खेल नेपाललाई फाइनलमा पुग्ने एउटा अवसर पनि हुनेछ। आइतबारको खेल जितेमा नेपालले पाइनलमा स्थान पक्का गर्नेछ। त्यसैले यो आफूहरूका लागि अवसर भएको उनले बताएका छन्।
पछिल्लो खेलमा नेपाली प्रशिक्षक अलमुताइरीले नेपाली टिमलाई तीन कुरामा ध्यान दिन भनेका थिए। ती हुन्। बलियो डिफेन्स, काउन्टर अट्याकमा गोल र अट्याकिङ मिडफिल्ड।
‘हाम्रो लक्ष्य पुरा गर्नका लागि भोलि हाम्रो अर्को खुड्किलो हुनेछ। हाम्रो लक्ष्य भनेकै साफ कप हो,’ कप्तान लिम्बूले भने, ‘त्यसैले भोलिको हामी खेलमा पुनरागमन गर्नेछु। जितका लागि हामी पुरा ९० मिनेट नै खेलमा प्रतिस्पर्धा गर्नेछौं।’
साफमा नेपालले अहिलेसम्म ६ अंक जोडिसकेको छ। नेपालको खेललाई नजिकबाट नियालिरहेको इन्डियन प्रशिक्षक इगोर स्टिमेकले पनि नेपाल ६ अंकका लागि हकदार रहेको बताएका छन्।
‘हामीले देखेका छौं कि नेपालले अहिले राम्रो फुटबल खेलिरहेको छ। नेपाल ६ अंकको लागि योग्य थियो,’ उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘हामीले यस अघि दुई मैत्रीपूर्ण खेल खेलेका थियौं। त्यहाँ एक जित र एक बराबरी खेलेको छौं। तर, हामी यो समय नेपालविरुद्ध डराउने छैनौं।’
नेपाल ६ अंकका साथ शीर्षस्थानमा रहेको कारण इन्डिया आज नेपाललाई हराउँदै आफ्नो खातामा अकं थप गर्ने योजनामा छ। त्यसो त इन्डियाले सुआति दुवै खेलमा जित निकाल्न सकेको छैन।
उसले पहिलो खेलमा बंगलादेशसँग र दोस्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको थियो। त्यसलाई इंगित गर्दै प्रशिक्षक स्टिमेकले नेपाललाई जित्नुको विकल्प नभएको बताएका छन्।
यता नेपालका लागि भने यो इन्डियालाई हराउने एउटा अवसर पनि हो। त्यो किनेभने नेपालले इन्डियालाई अहिलेसम्म दुईबाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन।
साफ च्याम्पियन्सिपअघि नेपालले इन्डियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपालले इन्डियासँग एक खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोरेको थियो।
अहिलेसम्म इन्डियाले नेपाललाई १४ पटक हराएको छ। २१ खेल खेलेकोमा नेपालले दुई जित निकालेको छ भने बाँकी पाँच खेल बराबरी भएका छन्।
पछिल्लो खेलमा नेपाली प्रशिक्षक अलमुताइरीले नेपाली टिमलाई तीन कुरामा ध्यान दिन भनेका थिए। ती हुन्। बलियो डिफेन्स, काउन्टर अट्याकमा गोल र अट्याकिङ मिडफिल्ड।