सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आइतबारको खेलमा नेपालले इन्डियाविरुद्ध जित्ने सम्भावना एक प्रतिशतमात्रः प्रशिक्षक अल्मुताइरी

आइतबारको खेलमा नेपालले इन्डियाविरुद्ध जित्ने सम्भावना एक प्रतिशतमात्रः प्रशिक्षक अल्मुताइरी

साफ त्याम्पियनसिपको चौथो राउन्डको खेलमा नेपालले तेस्रो खेल खेल्दैछ। पाँच टिम सम्मिलित प्रतियोगितामा नेपालले आइतबार राति पौने १० बजे माल्दिभ्समा इन्डियाविरुद्ध खेल्नेछ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठामाडौं– साफ त्याम्पियनसिपको चौथो राउन्डको खेलमा नेपालले तेस्रो खेल खेल्दैछ। पाँच टिम सम्मिलित प्रतियोगितामा नेपालले आइतबार राति पौने १० बजे माल्दिभ्समा इन्डियाविरुद्ध खेल्नेछ।

पछिल्ला दुवै खेलमा जित निकालेको नेपालले भोलिको खेलमा जित निकाल्ने सम्भावना ज्यादै कम रहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

‘इन्डियाविरुद्ध भोलिको खेल निकै कठिन हुनेछ। किनभने इन्डिया दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट टिम पनि हो,’ उनले भने, ‘मलाई लाग्छ इन्डिया विन फेवरेट हो। उसले हामीलाई जित्ने ९५ प्रतिसश सम्भावना छ। चार प्रतिशत बराबरी र एक प्रतिशत नेपालले जित्ने सम्भावना छ। त्यसैले हामीले इन्डियासँग गुमाउनु पर्ने पनि केही छैन।’

इन्डियन टिम सात पटकको साफ च्याम्पियनसिप विजेता हो। खेलअघि आयोजित प्रिम्याच कन्फेरेन्समा के आधारका इन्डिया बलियो रह्यो त भन्ने प्रश्नमा प्रशिक्षक अलमुताइरी जवाफ दिन्छन्, ‘अब तुलना नै गर्ने हो भने पनि इन्डिया फिफा वरियताको ११० औं स्थानमा छ, नेपाल १६८ औं स्थानमा छ। इन्डियाका प्रशिक्षकले विश्वकप खेलेका छन्, मैले मेरो देशका लागि पनि खेलेको छैन। त्यसले पनि देखाउँछ कि को कति बलियो भनेर।’

उनले थपे, ‘त्यसैले मलाई लाग्छ सबै इन्डियामा निर्भर हुनेछ। तर पनि हामी हाम्रो बेस्ट दिनेछौं।’

इन्डियन टिम जति नै बलियो भए पनि आफूले जित निकाल्न सतप्रतिशत कोसिस गर्ने नेपाली टिमका कप्तान किरण कुमार लिम्बू बताउँछन्। उनले नेपालले यस्तै खेलका लागि धेरै प्रयास गरेको पनि बताएका छन्। भन्छन्, ‘भोलिको खेल निकै गाह्रो खेल हो। त्यसका लागि तयारी गरेका छौं। हामी जितकै लागि अघि बढ्नेछौं। हामीले स्टेप बाइ स्टेप अघि बढ्नु पर्नेछ।’

आइतबारको खेल नेपाललाई फाइनलमा पुग्ने एउटा अवसर पनि हुनेछ। आइतबारको खेल जितेमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ। त्यसैले यो हाम्रो लागि अवसर पनि हो।

‘हाम्रो लक्ष्य पूरा गर्नका लागि भोलि हाम्रो अर्को खुड्किलो हुनेछ। हाम्रो लक्ष्य भनेकै साफ कप हो,’ कप्तान लिम्बूले भने, ‘त्यसैले भोलिको खेलमा हामी पुनरागमन गर्नेछौं। जितका लागि हामी पूरा ९० मिनेट नै खेलमा प्रतिस्पर्धा गर्नेछौं।’

कप्तानको हिसाबमा पुनरागमन यस अर्थमा कि नेपालले इन्डियाविरुद्ध जित ननिकालेको धेरै समय भइसक्यो। त्यसैले भोलिको खेलमा पनि नेपालले आफू प्रतियोगिताको दावेदार हो भनेर देखाउनु पर्नेछ।

आइतबारको खेल नेपाललाई फाइनलमा पुग्ने एउटा अवसर पनि हुनेछ। आइतबारको खेल जितेमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ। त्यसैले यो हाम्रो लागि अवसर पनि हो।

तर इन्डिया नेपालभन्दा धेरै बलियो हो भनेर प्रशिक्षक अलमुताइरीले जनाउ दिइसकेका छन्। तर प्रशिक्षकको कुराबाट केहि अघि बढ्दै कप्तान भन्छन्, ‘उनीहरु बलिया छन्। तर, त्यसले हामी राम्रो होइन भन्ने पनि अर्थ दिँदैन। हामीहरु यो प्रतियोगिताको एकमात्र अन्डरडग टिम हो। हामीले हरेक खेलमा फाइट गर्नु जरुरी छ। भोलि पनि त्यही फाइट गर्नेछौं।’

साफ जित्ने आफ्नो सपना भएको कप्तान किरण लिम्बूले पनि बताउँदै आएका छन्। उनी आफ्नो कप्तानीमा पहिलो पटक साफ च्याम्प्यिनसिप जित्न चाहन्छन्। त्यो सपनामा नेपाल कहाँसम्म पुग्यो त भन्ने प्रश्नमा किरण भन्छन्, ‘सपना देख्नुपर्छ। सपना देखेपछि पनि कुनै कुरा एचिभ गर्न सकिन्छ। त्यसपछि लक्ष्यमा पुगिने हो। यो मेरो मात्र सपना होइन सिंगो नेपालीको सपना हो।’

उनले थपे, ‘सपना पूरा गर्न फाइट गरिरहेका छौं। त्यसका लागि सबै खेल महत्वपूर्ण छ।’

प्रकाशित: Oct 09, 2021| 18:22 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।