आइतबार, माघ ४, २०८२

ईपीएलको उपाधि चितवनलाई

चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (र्इएीएल) चौथो संस्करणको उपाधि जितेको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं–  चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको उपाधि जितेको छ।

National life

शनिबार त्रिवि मैदानमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो। चितवनको जितमा भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङको योगदान रहेको छ।

विजेता चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गर्नेछन्। एक सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। सोमपाल कामीले किशोर महतोलाई चौका प्रहार गर्दै उपाधि पक्का गराएका हुन्। चितवनको जितमा भीम सार्कीले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए। भीमले ३५ बलमा अर्धशतक पूरा गरेका थिए। भीमको जारी र्इपीएलमा यो दोस्रो अर्धशतक हो।

तीव्र गतिका बलर नन्दन यादवको पहिलो ओभरको दोस्रो बलमै ओपनर हासिम अन्सारी विकेटकिपर विनोद भण्डारीबाट शून्यमा क्याच आउट भएका थिए। दोस्रो ओभरको तेस्रो बलमा किशोर महतोले करिम जन्नतलाई शून्यमा क्याच आउट गराए। किशोरले चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहजादलाई ११ रनमा विपिन रावलबाट क्याच गराएका थिए।

टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो। पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए।
चौथो विकेटका लागि भीम र दिलीप नाथले ५४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए। दिलीप १८ रनमा क्याच आउट भए। उनले १७ बलमा २ चौका प्रहार गरे। राजेश पुलामी मगर १२ बलमा १ चौकासहित १४ रनमा आउट हुन पुगे। पोखराका तीव्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। यस्तै नन्दन यादवले २ विकेट लिएका थिए।

टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो। पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए।

Laxmi sunrise bank
kumari

ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौकासहित २६ रनमा क्याच आउट भएका थिए। सुरुवात राम्रो पाए पनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो। पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पोखरालाई ओपनर लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दिलीप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए। 

प्रकाशित: Oct 09, 2021| 16:04 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।