बुधबार, चैत ११, २०८२

लज्जास्पद हारपछि जर्मनी प्रशिक्षकले के भने ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- साविक विजेता जर्मनी विश्वकप फुटबलको समुह चरणबाटै बाहिरीए पछि टिम र उसका फ्यानमा जति पिडा देखिन्छ त्यो भन्दा ज्यादा तनावमा प्रशिक्षक देखिएका छन् । कोरियासंगको लज्जास्पद पछि जर्मनीका प्रशिक्षक योचिम लोउ ठूलै तनावमा परेका हुन् । 

अघिल्लो पटक विश्वकप जितेको देश समुह चरणबाटै बाहिरीनु आफैमा सुखद होइन त्यो माथि १२ वर्षदेखि प्रशिक्षकको भूमिकामा रहेका लेउका लागि झनै पिडादायक बन्यो यो विश्वकप । उनी जर्मनी समुहचरणबाट बाहिरीए लगतै राजिनामा गर्ने मुडमा पुगेका छन् । 

समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियासंग २–० को लज्जास्पद हार ब्यहोरेपछि प्रशिक्षक लेउले पोष्ट म्याचमा आफ्नो पदका बारेमा चाँडै निर्णय गर्ने बताए ।

निकै निरास मुद्रामा देखिएका ५८ बर्षिय लोउले आफुले जिम्मेवारी पुरा गर्न सक्ने नसक्ने कस्तो ब्यक्ति हो भन्ने विषयमा सोचमग्न भएको बताए ।

खेलपछिको अन्तर्वार्तामा उनले विश्वकपबाट टिम बाहिरिनु मेरो जिम्मेवारी हो, त्यसैले म एक रात सुत्न चाहन्छु । भविष्यको निर्णय गर्न अलि हतार हुन सक्छ । मलाई केही समय चाहिएको छ । चाँडै नयाँ खवर लिएर आउनेछु ।

उनले गत महिनामात्र सन् २०२२ मा कतारमा हुने विश्वकपसम्म जर्मनी टोली सम्हाल्ने निर्णय गरेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।