काठमाडौं– भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको छ।
भाजपाको मुख्यालयमा भएको वार्तामा दुई पार्टीका वर्तमान र भावी कार्यक्रमबारे जानकारी आदानप्रदान भएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन्। उनका अनुसार दुई पार्टीहरुको बीचमा आपसी सम्बन्ध अभिवृद्धि गरेर जनस्तरको सम्बन्ध झन् मजबुत बनाउने विषयमा पनि छलफल भएको छ। म
हतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वार्तामा नेपाल भारतबीचको अनुपम सम्बन्धलाई अझ विकसित र सुमधुर बनाउन समय समयमा देखा पर्ने समस्याहरुलाई शीघ्र समाधान गर्नुपर्ने विषयमा समान धारणा बनेको छ।’ दुवै देशबीच आपसी सम्बन्ध झन मजबुत र सुमधुर बनाउन वार्ता सार्थक भएको पनि महतले उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता अजय चौरासिया र उदयशमशेर राणा सहभागी टोली भारत भ्रमणमा छ।