आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलः डिफन्ङि च्याम्पियन मुम्बई बाहिरियो, कोलकत्ता प्लेअफमा

आईपीएलः डिफन्ङि च्याम्पियन मुम्बई बाहिरियो, कोलकत्ता प्लेअफमा

इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल शुक्रबार राति सकिए।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल शुक्रबार राति सकिए। आफ्नो अन्तिम खेलबाट पनि डिफेन्ङि च्याम्पियन मुम्बई इन्डियन्स चौथो स्थानमा उक्लन नसकेपछि आईपीएलको प्लेअफमा पुग्नबाट वञ्चित भएको छ।

National life

शुक्रबार रातिको खेलमा उसले हैदराबादविरुद्ध ४२ रनको जित निकाले पनि उसले लिग चरणमा गरेको खराब सुरुआतका कारण प्लेअफमा पुग्न नसकेको हो।

उसले लिगमा १४ खेल खेल्दै ७ खेलमा जित निकालेर १४ अंक बनायो। समान १४ अंक बनाएको कोलकत्ता नाइट राइडर्सको नेट रन रेट धेरै भएपछि मुम्बई चौथो स्थानमा उक्लन सकेन। यसकारण ऊ आईपीएलको प्लेअफ पुग्न असफल भएको हो।

यससँगै कोलकत्ता भने चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। अब दिल्ली क्यापिटल, चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर र कोलत्ता क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हुँदै प्लेअफमा पुगेका छन्।

Laxmi sunrise bank
kumari

अब पहिलो र दोस्रो स्थानका दिल्ली र चेन्नईले पहिलो क्वालिफायरमा  प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, बैंगलोर र कोलकत्ताले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Oct 09, 2021| 07:30 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।