आइतबार, माघ ४, २०८२

मुम्बई र बैंगलोरको जितसँगै आईपीएलमा सकियो समूह चरणका खेल

इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा पहिलो लेग भारतमा भएको थियो भने दोस्रो लेगका खेल यूएईमा भएका थिए।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा पहिलो लेग भारतमा भएको थियो भने दोस्रो लेगका खेल यूएईमा भएका थिए।

National life

समूह चरणको अन्तिम खेलका दिन एकै समय दुई टिमले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्येको पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४२ रनले हराएको छ।

यो जितका बाबजुद डिफेन्ङि च्याम्पियन मुम्बई आईपीएलको प्ले अफमा पुग्न सकेन। उसले अंकतालिकामा कोलकत्ता नाइट राइडर्ससँग समान १४ अंक बनाए पनि नेट रन रेटमा पछि पर्दै पाँचौं स्थानमा समेटियो।

गएरातिकै खेलमा उसले टस जितेर ब्याटिङ रोज्दै ९ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा हैदराबाद १९३ रनमा समेटिएपछि मुम्बईले जित निकालेको हो।

खेलमा मुम्बईका इशान किसनल ८४ र सूर्यकुमार  यादवले ८२ रन बनाए।

Laxmi sunrise bank
kumari

त्यस्तै, अर्को खेलमा तालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरले शीर्षस्थानमा रहेको दिल्लीसँग ७ विकेटको जित निकालेको छ। टस हारेर ब्याटिङको अवसर पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।

जवाफमा बैंगलोरले तीन विकेटको क्षतिमा १६५ रनको अक्ष्य पुरा गरेको थियो।

प्रकाशित: Oct 09, 2021| 07:07 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।