सोमबार, असार २२, २०८३

मोड्रिचले पेनाल्टी मिस गरे पनि क्रोएसियाको सानदार जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शुक्रबार रातिको खेलमा क्रोएसियाले साइप्रसविरुद्ध सानदार जित निकालेको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं– अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको युरोपेली छनोटअन्तर्गत शुक्रबार रातिको खेलमा क्रोएसियाले साइप्रसविरुद्ध सानदार जित निकालेको छ।

साइप्रसकै मैदानमा सम्पन्न खेलमा क्रोएसियाले घरेलु टिमविरुद्ध ३–० गोलको जित निकालेको हो।

एक गोलको अग्रता बनाएको समयमा मिडफिल्डर लुका मोड्रिचले पेनाल्टीको अवसरपाए पनि उनले सो अवसर सदुपयोग गर्न सकेनन्। 

त्यसअघि पहिलो हाफको इन्ज्युरी समयमा मोड्रिचकै पासबाट इभान पेरिसिचले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए।

विपक्षीको पोस्टर्फ खेल अवधिभरी २९ पटक प्रहार गरेको क्रोएसियाले ७१ प्रतिशत बल पोसेसन राख्दै थप २ गोल गरेर खेल जितेको हो।

जितसँगै समूह जी बाट १६ अंक जोडेको क्रोएसिया समूहको शीर्षस्थानमा छ भने साइप्रस समूहको पुछारमा छ। सोही समूहको अर्को खेलमा रसियाले स्लोभाकियालाई हराएको छ।

प्रकाशित: Oct 09, 2021| 06:53 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।