सोमबार, असार २२, २०८३

विश्वकप छनोटमा जर्मनीले रोमनियालाई हरायो

फिफा विश्वकपअन्तर्गतको शुक्रबार राति सम्पन्न युरोपेली छनोटमा वर्डकप २०१४ को विश्वविजेता जर्मनीले रोमनियालाई २–१ गोलअन्तरले हराएको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं– फिफा विश्वकपअन्तर्गतको शुक्रबार राति सम्पन्न युरोपेली छनोटमा वर्डकप २०१४ को विश्वविजेता जर्मनीले रोमनियालाई २–१ गोलअन्तरले हराएको छ।

जर्मनीमा सम्पन्न खेलमा उसले रोमानियालाई दबाबमा राख्दै जित निकालेको हो। ७५ प्रतिशत बलमा नियन्त्रण बनाएको जर्मनीले विपक्षीको पोस्टतर्फ २३ पटक प्रहार गरेको थियो।

त्यसैक्रममा एक गोलले पछि परेको अवस्थाबाट सर्ज गन्याब्रीले जर्मनीका लागि पहिलो गोल गर्दै अग्रता खेललाई बराबरीको अवस्थामा ल्याएका थिए। यता पहिलो हाफको नवौं मिनेटमै गोल गरेर आइनस हागीले रोमानियालाई अग्रता दिलाएका थिए। जुन गन्याब्रीले दोस्रो हाफको ५२औं मिनेटमा तोडे।

त्यसपछि खेलको ८१औं मिनेटमा गोमस मुलरले गोरेट्जाको पासमा गोल गरेर जर्मनीलाई २–१ अग्रता दिलाए। सोही अग्रता साथ जर्मनीले खेल जित्यो। जितसँगै समूह जेमा रहेको जर्सनीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। उसको १९ अंक छ।

यता पराजित रोमानिया भने १० अंकाक साथ चौथो स्थानमा छ। सोही समूहको अर्को खेलमा नर्थ म्यासेडोनियाले लिचेस्तानलाई ४–० गोलले हराएको छ भने अर्मेनिया र आइस्ल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित: Oct 09, 2021| 06:39 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।