आइतबार, माघ ४, २०८२

ईपीएल फाइनल आज : अनुभवी चितवनसँग बदला लिने दाउमा पोखरा

चोथो संस्करणको प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीसँग उत्रिएका टिमका कप्तान जित निकाल्न सक्दो जोडबल लगाउने बताउँछन्।
 |  शनिबार, असोज २३, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असोज २३, २०७८

काठमाडौं – एभरेस्ट प्रिमियर लिग २०२१ को उपाधिका लागि शनिबार कीर्तिपुरस्थित मैदानमा पोखरा राइनोज र चितवन टाइगर्सबीच भिडन्त हुँदैछ। चोथो संस्करणको प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीसँग उत्रिएका टिमका कप्तान जित निकाल्न सक्दो जोडबल लगाउने बताउँछन्।

National life

देशका उत्कृष्ट खेलाडी र त्यसमाथि नेपालमा अन्य फ्रेन्चाइजक लिग नखेलेका खेलाडीको उपस्थितिले यस वर्षको लिग निकै रोमाञ्चक बनेको थियो। ती रोमाञ्चक खेलबाट उत्कृष्ट दुई टिम फाइनल पुगेको राइनोजका कप्तान विनोद भण्डारी बताउँछन्।

उनी भन्छन्, ‘फाइनल एउटा खुड्किला हो। यहाँसम्मको दुरी पार गरेका टिममध्ये एउटा नराम्रो हाम्रो मात्र राम्रो टोली भन्न मिल्दैन। फाइनलसम्म पुग्यौं भने पछि दुवै टोली साँच्चै बलिया छन्।’

उनले थपे, ‘अब विजेता पाउन केही समय पर्खिनुपर्नेछ, जसले राम्रो खेल्छ उसैले जित्छ। त्यसका लागि हामीलाई पक्कै प्रेसर हुनेछ।’

कप्तान भण्डारीलाई दबाब यस अर्थमा पनि हुनेछ कि राइनोज ईपीएलमा पहिलोपटक फाइनल खेल्दैछ। तर त्यो सोच नराखेर खेल्ने कप्तान भण्डारी बताउँछन्। भन्छन्, ‘पहिलो पटक भन्ने सोचेर खेल्यौं भने झन् प्रेसर थपिन्छ। सामान्य अवस्थामा जस्तै खेल्छौं। 

Laxmi sunrise bank
kumari
पोखरालाई समस्या भनेकै ओपनरमा हो। एकापटि रिचार्ड लेभी हुनेछन्। तर अर्कोपट्टि को? पोखराले अहिलेसम्म त्यसको सही उत्तर पत्ता लगाउन सकेको छैन। 

ईपीएलको जारी संस्करणमा पोखराले दुवै पटक ब्याटिङ गरेको थियो। तर उसले दुवै खेलमा राम्रो लक्ष्य प्रस्तुत गर्नै सकेन। पोखराले चितवनको बलिङको धेरै सामना गरेको छ।  चितवन पर्खाइमा छ शनिबार मैदानमा टस हुने समय। ‘त्यसपछि त हेरौं के हुन्छ?’ भण्डारीले भने।

पोखरालाई समस्या भनेकै ओपनरमा हो। एकापटि रिचार्ड लेभी हुनेछन्। तर अर्कोपट्टि को? पोखराले अहिलेसम्म त्यसको सही उत्तर पत्ता लगाउन सकेको छैन। त्यसैले शनिबारको खेलमा उसलाई दबाब भनेकै ओपनिङमा हुनेछ। भण्डारी भन्छन्, ‘घरेलु खेलाडीका कारण ओपनिङमा शंका छ। अर्को साइडमा रिचार्ड लेभी हुन्छन्। नेपाली ब्याटरले टिकेर खेल्ने हो भने चाहिँ ओपनिङमा त्यस्तो केही समस्या हुँदैन।’ 

राइनोजभन्दा चितवन टाइगर्स केही विश्वस्त देखिन्छ। सोमपाल कामी टाइगर्सका कप्तान छन्। यसअघि पोखरालाई दुईपटक हराइसकेकाले यस पटक पनि हराएर उपाधि जित्नेमा केही विश्वस्त देखिन्छन् सोमपाल।

सोमपाल भन्छन्, ‘यसअघि नै दुईपल्ट त हराएकै हौं नि।’ उनले हराए पनि त्यो विगत बनिसक्यो। विगतजस्तो भविष्य हुँदैन। त्यो लिगको खेल थियो। शनिबार फाइनल हुँदैछ। यस सन्दर्भमा चाहिँ केही सतर्क छन् सोमपाल।

भन्छन्, ‘त्यो हिजो हो। अब फाइनल भन्दा पनि मेरा लागि यौटा गेम हो। आफूलाई प्रमाणित गर्ने अवसर पनि हो।’

सोमपालको विचारमा क्रिकेट भनेको जति दायित्व बढ्छ त्यति नै खेलाडीको प्रदर्शनमा निखार आउँछ। आफ्नो निखारिएको प्रदर्शन सम्झँदै उनी भन्छन्, ‘म मेरो टोली र आफैंप्रति पूर्ण विश्वस्त छु।’

सोमपाल आफूलाई पोखराको कमजोरी थाहा भएको दाबी गर्छन्। यसअघिका दुवै खेलमा पोखराको कमजोरी पत्ता लगाएको उनको भनाइ छ। ‘यद्यपि प्रतियोगितामा शनिबार हुने फाइनल खेल बाँकी छ। जसरी पनि सबैभन्दा ठूलो कुरा सिक्ने हो। धेरै प्रेसर चाहिँ लिँदैनौं’, उनी भन्छन्। 

यसअघिको प्रदर्शनलाई निरन्तरता दिने कोसिस गर्ने चितवनको एकमात्र इच्छा छ। तर क्रिकेट हो एउटा बलले नै खेल परिवर्तन गरिदिन सक्नेमा दुवै टिमका कप्तान विश्वस्त छन्।

धेरै पछि प्रतियोगिता खेलेकाले दुवै टोलीमा जितको भोक छ। अनि साथमा छन् अब्बल विदेशी खेलाडी, धेरै देशहरुमा ब्राडकास्टिङ र ठूलो खेलाडीले चर्चा पाएको ईपीएल जित्ने दुवै टिम विश्वस्त छ।

सत्य के  हो भने धेरै पछि प्रतियोगिता खेलेकाले दुवै टोलीमा जितको भोक छ। अनि साथमा छन् अब्बल विदेशी खेलाडी, धेरै देशहरुमा ब्राडकास्टिङ र ठूलो खेलाडीले चर्चा पाएको ईपीएल जित्ने दुवै टिम विश्वस्त छ।

सोमपाल भन्छन्, ‘ईपीएल पछिल्लो सिजन जस्तो छैन। साहिद आफ्रिदीजस्ता खेलाडी आउनु र अरु विदेशी खेलाडीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुले मनोबल उच्च हुन्छ। यसबाट सिक्ने मौका मिल्छ। आत्मविश्वास पनि त बढाउँछ।’

राइनोजका कप्तान भण्डारीले पनि लिगमा विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीले धेरै सिक्न पाएको बताउँछन्। त्यसैले ईपीएल युवा क्रिकेटरका लागि राम्रो प्लेटफर्म हो। भन्छन्, ‘खेलाडी जुन क्लबसँग जोडिए पनि सबै खेलाडीले सिक्न पाउँछन्। ईपीएलको पहिलो सिजनदेखि अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ। त्यसबाट खेलाडीको स्तर पनि बढिरहेको छ।’

प्रकाशित: Oct 09, 2021| 06:25 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।