शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नामको बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का बेलग्रेड प्रस्थान

नामको बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का बेलग्रेड प्रस्थान

असंलग्‍न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का शुक्रबार ब्रेलग्रेड प्रस्थान गरेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- असंलग्‍न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का शुक्रबार ब्रेलग्रेड प्रस्थान गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

असंलग्‍न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ। उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ। 

परराष्ट्रमन्त्री डा खडकाले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा परराष्ट्रमन्त्रीले द्विपक्षीय एवं अन्य भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का नेतृत्वको प्रतिनिधिमण्डल असोज २७ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित: Oct 08, 2021| 21:42 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...