शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्‍नेमा सरकार प्रतिबद्ध : सञ्‍चारमन्त्री कार्की

स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्‍नेमा सरकार प्रतिबद्ध : सञ्‍चारमन्त्री कार्की

नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका छन्।

शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन्। 

उनले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरे। नवनियुक्त मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताएका छन्। स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्‍ने मान्यतामा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समाजको अपेक्षा अनुसार आफू अघि बढने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षा समेत गरेका छन्। 

उनले भने, ‘स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यता हामी राख्दछौं। त्यसैले प्रेस स्वतन्त्रताको पक्षमा वर्तमान सरकार सधैंभरी उच्च सम्मान र आदरका साथ अगाडि बढनेछ। समग्रतामा पत्रकारिता क्षेत्रको विकासलाई मैले प्रोत्साहन गर्नेछु। र मैले तपाईंहरुलाई यति मात्रै भन्न चाहन्छु-समाजले हामीबाट के अपेक्षा गरेको छ, एउटा मन्त्रीबाट के अपेक्षा गरेको छ। सचिवबाट के अपेक्षा गर्छ? त्यो अपेक्षालाई हामीले कर्तव्यबोधका साथ उत्साह र इमान्दारिताका साथ अघि बढन सक्यौं भनेदेखि हामीले समाजमा परिवर्तनको संकेतहरु दिन सक्छौं। त्यतातिर हामी सबैले ध्यान केन्द्रित गर्न जरुरी छ। र मैले राजनीतिक नेतृत्व सम्हाल्दा यहाँहरुलाई विश्वास र भरोसा गरेर नै अगाडि बढनेछु। मेरो कार्यकालमा यो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउनका निमित्त मेरो सम्पूर्ण प्रयत्न केन्द्रित रहनेछ।’

मन्त्री कार्कीले जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने बताए।

प्रकाशित: Oct 08, 2021| 22:00 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...