काठमाडौं- बोरिस अधिकारीले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।
टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा बोरिसले दर्शिल श्रेष्ठलाई ६–१ र ६–१ को सोझो सेटमा फाइनलमा पराजित गरेका हुन्। सोही स्पर्धाको गर्ल्स उपाधि भिडन्तमा कर्मिष्ठा श्रेष्ठले समृद्धि महर्जनलाई २–६, ७–६ र ७–५ को सेटमा हराउदै पहिलो भइन्।
यू–८ ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष दल्लाकोटीले सुजन कुइकेललाई ११–९ र १०–२ को सेटमा पाखा लगाउदै स्वर्ण जिते। उक्त स्पर्धाको गर्ल्समा अनुश्री ध्वजुले निश्भीरत्न गोर्खालीलाई १०–८ र १०–५ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन्।