सोमबार, असार २२, २०८३

जुनियर ओपन टेनिसमा बोरिसले जिते स्वर्ण

बोरिस अधिकारीले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- बोरिस अधिकारीले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा बोरिसले दर्शिल श्रेष्ठलाई ६–१ र ६–१ को सोझो सेटमा फाइनलमा पराजित गरेका हुन्। सोही स्पर्धाको गर्ल्स उपाधि भिडन्तमा कर्मिष्ठा श्रेष्ठले समृद्धि महर्जनलाई २–६, ७–६ र ७–५ को सेटमा हराउदै पहिलो भइन्।

यू–८ ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष दल्लाकोटीले सुजन कुइकेललाई ११–९ र १०–२ को सेटमा पाखा लगाउदै स्वर्ण जिते। उक्त स्पर्धाको गर्ल्समा अनुश्री ध्वजुले निश्भीरत्न गोर्खालीलाई १०–८ र १०–५ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन्।

प्रकाशित: Oct 08, 2021| 21:00 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।