शुक्रबार, भदौ ५, २०८३

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिनेछु : शिक्षामन्त्री

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्‍न रहने बताएका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्‍न रहने बताएका छन्। 

मन्त्री पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताएका हुन्।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्‍चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अहोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए। मन्त्री पौडेलले सोहीबमोजिम कार्य गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

मन्त्री पौडेलले भने, 'सरकारले पढ्दै, कमाउँदै भन्‍ने कार्यक्रम पनि ल्याएको छ। शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ निकायसँगको समेत सहयोग लिएर रोजगारमूलक बनाउन नीतिगत पहल गर्न आवश्यक छ। त्यसमा म र मन्त्रालयका तर्फबाट काम हुनेछ । संघीय शिक्षा निर्माणलगायत विद्यमान आवश्यकता र समस्याका लागि मेरो ध्यान जानेछ।” 

मन्त्री पौडेललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायत उच्च कर्मचारीले स्वगत गरेका थिए। मन्त्री पौडेलसँगै नवनियुक्त राज्यमन्त्री बोधमायाकुमारी यादवले पनि आज मन्त्रालयमा बहाली गरेकी हुन्। 

प्रकाशित: Oct 08, 2021| 20:26 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...